मुक्तिनाथ विकास बैंकद्वारा वार्षिक गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम


आदर्श अनलाइन, बागलुङ
बागलुङमा वार्षिक केन्द्र प्रमुख गोष्ठी तथा वित्तिय साक्षरता कार्यक्रम सम्पन्न भएको छ । मुक्तिनाथ विकास बैँक बागलुङ शाखाको आयोजनामा सोमबार बागलुङ जिल्ला सदरमुकाममा सो कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै उद्योग वाणिज्य संघ बागलुङका अध्यक्ष नरेश कँडेलले कार्यक्रम महिला केन्द्रित भएकोमा खुसी व्यक्त गर्नुभयो । यस्ता कार्यक्रमले महिलालाई उद्यमी बन्नको लागी सहजीकरण, स्वरोजगारको सृजना र सशक्तिकरणमा सहयोग पु¥याएको धन्यवाद व्यक्त गर्नुभयो ।

महिलाहरुलाई विदेशिनबाट रोक्नका लागी यस्ता कार्यक्रमहरुले निकै महत्वपूण भूमिका खेल्ने उनले बताए । अन्य बैँकहरुबाट समेत यस्ता कार्यक्रमहरु आयोजना हुनु पर्ने उनले बताउनुभयो ।
कार्यक्रमकै अवसरमा उत्कृष्ट केन्द्र, उत्कृष्ट बचत र उत्कृष्ट कर्जा सदुपयोगकर्तालाई पुरस्कृत गरिएको कार्यालयका कर्जा अधिकारी रुप नारायण शर्मा (रोशन पौडेल)ले जानकारी दिनुभयो ।
कार्यक्रममा बैँकका एडसिईयो तिल बहादुर गुरुङ, गण्डकी क्षेत्रिय कार्यालयका प्रमुख शंकर केसी, मुक्तिनाथ कृषि कम्पनीका क्षेत्रिय प्रमुख भुमिराज भण्डारी, पोखरा अनुगमन कार्यालयका अधिकृत पिताम्बर पौडेल लगायतले तालिममा सहजीकरण गर्नुभएको थियो ।

केन्द्र प्रमुख पार्वती गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कार्यालयका डेक्स प्रमुख संजय सुवेदीको स्वागत रहेको थियो । कार्यालयका सन्जिव सापकोटाले संचालन गरेको कार्यक्रममा कार्यालयका बागलुङ शाखा प्रमुख कृष्ण शर्माले धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *