सिगानामा बर्थिङ सेन्टर स्थापना


–आदर्श अनलाइन, बागलुङ

बागलुङ नगरपालिका–८ सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना गरिएको छ । बागलुङ नगरपालिकाको जनशक्ति व्यवस्थापन तथा ग्रामिण विकास परियोजनाको प्राविधिक सहयोगमा सिगाना स्वास्थ्य चौकीमा बर्थिङ सेन्टर स्थापना भएपछि स्थानीय महिलाहरुलाई बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।

सिगाना तित्याङका गर्भवती महिलाहरु सुत्केरी हुँनकै लागि जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यतालाई मध्यनजर गर्दै सिगाना स्वास्थ्य चौकीमा बर्थीङ सेन्टर स्थापान गरिएको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख राम प्रसाद खनालले जानकारी दिनुभयो ।

सिगाना स्वास्थ्य चौकीले सिगानामात्रै नभएर तित्याङको केही भागलाई समेत समेटिएकाले सिगानामै नगरपालिकाको सहयोगमा बर्थिङ सेन्टर स्थापना गरिएको हो ।

बर्थिङ सेन्टरका लागि बागलुङ नगरपालिकाले एक जना तालिम प्राप्त स्टाफ नर्सको व्यवस्थापन गरेको खनालले जानकारी दिनुभयो ।

यहाँका गर्भवती महिलाहरुको नियमित जाँच यही स्वास्थ्य चौकीबाट हुँदै आएपनि सुत्केरी हुनकै लागि बागलुङ सदरमुकाम स्थित धौलागिरी असपताल पठाउनुपर्ने अवस्था रहेपनि स्वास्थ्य चौकीमै बर्थिङ सेन्टर स्थापना गरेपछि यहाँका गर्भवती महिलाहरुलाई सहज हुँने स्वास्थ्य चौकी इन्चार्ज शान्ता शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार नगरपालिकाले बर्थिङ सेन्टरका लागि एसबिए तालिम प्राप्त स्टार्फ नर्स कल्पना खड्कालाई नियुक्ती दिएर पठाएको छ भने फेयरमेट फाउण्डेसन र बिवाईसी बागलुङको व्यवस्थापनामा सञ्चालित ग्रामिण स्वास्थ्य सुधार परियोजनाको प्राविधिक उपकरणको सहयोगमा बर्थिङ सेन्टर सञ्चालनमा ल्याइएको हो ।

“यहाँका महिलाहरुलाई अन्य सुबिधा थियो तथा बच्चा जन्माउनकै लागि बागलुङ बजार धाउनु पर्ने अवस्था थियो, तर यहाँ जनशक्ति र उपकरण नहुँदा समस्या थियो” स्वास्थ्य चौकी इन्चार्ज शर्माले भन्नुभयो “बागलुङ नगरपालिकाको समन्वयमा यसरी गाउँमै बर्थिङ सेन्टर स्थापना हुँदा बच्चा जन्माउनकै लागि बागलुङ बजार जानु पदैन ।”

ग्रामिण क्षेत्रको स्वास्थ्य सुधारका लागि काम गर्दै आएको परियोजनाले सिगाना स्वास्थ्य चौकीलाई तीन लाख बराबरको बर्थिङ सेन्टरका लागि आवश्यक सरकारले तोकेको न्यूनतम मापदण्डको स्वास्थ्य उपकरण खरिद गरिएको बिवाई बागलुङका अध्यक्ष मणीभद्र शर्माले जानकारी दिनुभयो । शर्माका अनुसार डेलीभरी बेड, दराज, आवश्यक औजार, औषधी राख्ने दराज, फ्रिज र डेलीभरी सेट लगायतका प्राविधि तथा उपकरण सहयोग गरिएको शर्माले बताउनुभयो ।

सिगानामा केही गर्भवती महिलाहरु घरमै समेत सुत्केरी भएको पाइएको छ भने बर्थिङ सेन्टर स्थापना पछि घरमै सुत्केरी हुँने गर्भवतीको संख्यामा कमी आउने सिगाना स्वास्थ्य चौकीको विश्वास रहेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *