मूलपानी माध्यामिक विद्यालयको वार्षिकोत्सव

आदर्श अनलाइन, बागलुङ
बागलुङ नगरपालिका–७ स्थित मूलपानी माध्यामिक विद्यालयको ६५ औं वार्षिकोत्सव समारोह शनिबार सम्पन्न भएको छ । मुल समारोहको उद्घाटनपछि सम्बोधन गर्दै बागलुङ नगरपालिकाका नगरप्रमुख बसन्त कुमार श्रेष्ठले नगरको शैक्षिक विकासमा मूलपानी माध्यामिक विद्यालय अग्रणी स्थानमा रहेको बताउनुभयो ।



उहाँले सदरमुकाम संग जोडिएको विद्यालयमा समेत विद्यार्थीलाई टिकाएर गुणस्तरीय शिक्षा दिन सकेको भन्दे विद्यालयको प्रशंसा गर्नुभयो । “अबको विकास शैक्षिक गुणस्तर र शिक्षा पद्दतीमा आधुनिकता हो, विद्यालयले शैक्षिक क्रियाकलापसंग विद्यालयको हरीयाली देखि अन्य धेरै कार्यलाई जोडेर अगाडी बढेको पाइयो” नगरप्रमुख श्रेष्ठले भन्नुभयो “भैतिक संरचनामा केही कमी छ भने भन्नुहोस नत्र नगरको ध्यान अब शैक्षिक गुणस्तरमा जान्छ ।”

कार्यक्रममा बागलुङ नगरपालिकाका नगर शिक्षा अधिकारी धन प्रसाद पोख्रेल, बानपा–७ का वडा अध्यक्ष मेघनाथ गैरे, समाजसेवी विश्वनाथ रेग्मी, प्रध्यापक गोविन्द गौतम, समाजसेवी, विजयराज पन्त, तेजप्रसाद न्यूरे, पूर्व वडा अध्यक्ष खगराज पाण्डेय, पूर्व अध्यक्ष बद्री बहादुर केसी, अक्षयकोषदाताको तर्फबाट खिम बहादुर केसी, भूपू विद्यार्थी समाजका पदाधीकारीमध्यबाट शिक्षक नारायण प्रसाद गौतम, अभिभावकको तर्फ रेवती किसान, समाजसेवी नर बहादुर किसान, दिलिप पन्त, विद्यामन्दि माध्यासमक विद्यालयका अध्यक्ष बाबुलाल शाक्य, पूर्व प्रधानध्यापक कृष्ण अधिकारी र लाल बहादुर खत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रममा उत्कृष्ट शिक्षकको तर्फबाट नारायण प्रसाद गौतम, नन्दराज पाठक, अम्बिका पौडेल र कर्मचारीको तर्फबाट मिना केसीलाई सम्मानित गरिएको थियो । कार्यक्रममा नगरप्रमुख बसन्त कुमार श्रेष्ठलाई समेत नगरप्रमुखको कार्यकाल सफलताको शुभकामाना सहित सम्मान गरिएको थियो ।



विद्यालयमा स्थापना गरिएकोे विभिन्न कोषबाट गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रावृति दिइएको थियो । सदरमुकामबाट जम्मा चार किलोमिटर टाढा रहेको विद्यालयमा हाल ३३१ जना विद्यार्थी रहेका छन् । यहाँ हरित विद्यालयको अवधकारण लिइएको छ भने शैक्षिक गुणस्तरका लागि व्यवस्थापन समिति संगै टोल शिक्षा उपसमिति समेत गठन गरिएको छ ।

कार्यक्रममा विद्यालयको आर्थिक तथा प्रगती प्रतिवेदन प्रधानध्यापक चुडामणी सुवेदीद्वारा प्रस्तुत, कार्यक्रमको अध्यक्षमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पिङ्गलराज गौतमको अध्यक्षता र शिक्षक नेत्र शिलवालको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *