सर्वसम्मत नयाँ नेतृत्व चयन गर्दै रत्न–श्रेष्ठ पुरस्कार गुठीको साधारणसभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
रत्न–श्रेष्ठ पुरस्कार गुठीको २२ औ साधारण सभा नयाँ समिति चयन गर्दै शनिबार सम्पन्न भएको छ । साधारण सभाले २१ सदस्यीय सभासद सदस्य र ५ सदस्यीय प्रबन्ध समिति चयन गरेको छ ।

प्राज्ञ प्रेम छोटा, बरिष्ठ अधिवक्ता पध्मनाथ शर्मा, काजिरोशन, शत्रुध्न श्रेष्ठ,बालकृष्ण श्रेष्ठ, प्राध्यापक डाक्टर दिन बहादुर थापा,प्राध्यापक डा. सुदर्शन सिलवाल, देब बहादुर श्रेष्ठ,महेशचन्द्र प्रधान, सन्तु श्रेष्ठ, काजिगाउले श्रेष्ठ, युगेन्द्र श्रेष्ठ, ईन्द्र श्रेष्ठ, मनमोहन श्रेष्ठ, करुणा प्रसाद श्रेष्ठ, हरी प्रसाद पाण्डे, सरोजराज पन्त, लालचन्द्र राजभण्डारी, युक्तजंङ्ग राजभण्डारी चन्द्र कुमारी श्रेष्ठ र कोपीला कँडेल लगायतको २१ सदस्यीय सभासद समितिले ५ सदस्यीय प्रबन्ध समिति चयन गरेको थियो ।

प्रबन्ध समितिको अध्यक्षमा प्राज्ञ प्रेम छोटा र सदस्य सचिवमा महेशचन्द्र प्रधान रहनुभएको छ । यसैगरी समितिका सदस्यहरुमा पध्मनाथ शर्मा,देब बहादुर श्रेष्ठ र डा. दिन बहादुर थापा रहनुभएको छ ।

साधारण सभामा अध्यक्ष प्रेम छोटाले प्रस्तुत गरेको प्रगति तथा आर्थिक प्रतिबेदन साधारण सभाले पारित गरेको थियो । साधारण सभा अध्यक्ष प्राज्ञ प्रेम छोटाको अध्यक्षता र सदस्य सचिव महेशचन्द्र प्रधानको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *