जेसीज सप्ताहको दोस्रो दिन, स्लो बाईक रेस

आदर्श अनलाइन, बागलुङ
बागलुङमा विगतका वर्षमा जस्तै शुरु भएको बागलुङ जेसीज–२०२२ को जेसीज सप्ताह अन्र्तगत दोस्रो दिन स्लो बाईक रेस सम्पन्न भएको छ । युवाहरुको नेतृत्व तथा क्षमता बिकासमा सक्रिय जेसीजले यस बर्षपनि बिभिन्न कार्यक्रमका साथ सप्ताह शुरु गरेको हो ।

बागलुङ जेसीजको आयोजनामा शनिबार देखि शुरु भएको जेसीज सप्ताह–२०२२ को दोस्रो दिन आईतबार स्लो बाईक रेस सम्पन्न गरिएको छ । कार्यक्रमको उद्घाटन जिल्ला प्रहरी कार्यलयका प्रहरी नायव निरीक्षक भुपेन गिरीले गर्नु भएको थियो ।

उद्घाटनपछि बोल्दै प्र.ना.नि गिरीले जेसीजले आयोजना गरेको यस प्रकारका कार्यक्रमले युवाहरुलाई विशेष जोड दिन मदत पुग्ने बताउनुभयो । गिरीले युवाहरुको सकारात्मक सोचको विकास गर्न बागलुङ जेसीजले राम्रो भुमिका निर्वाह गर्नका लागि अगाडि बढ्नु पर्नेमा उहाँले जोड दिनुभयो ।

कार्यक्रमका बागलुङ जेसीजका संस्थापक अध्यक्ष श्याम श्रेष्ठ, कार्यक्रमका प्रायोजक तथा स्व. सत्यदेवी स्मृति कोषका संस्थापक सुनिल कुमार श्रेष्ठले मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रममा करिव ७० जना युवाहरुको सहभागिता रहेको स्लो बाईक रेस कार्यक्रमका संयोजक निकेश खड्काले जानकारी दिनुभयो ।

कार्यक्रम बागलुङ जेसीजका निवर्तमान अध्यक्ष एवँ कार्यवहाक अध्यक्ष आनन्दप्रसाद रेग्मीको अध्यक्षता, मुल संयोजक अञ्जिला श्रेष्ठको स्वागत र कार्यक्रमका संयोजक निकेश खड्काको संचालनमा सम्पन्न भएको थियो । सप्ताहको तेस्रो दिन सोमबार तनाव व्यवस्थापन तालिमको आयोजना गरिएको तालिम संयोजक सौरभ श्रेष्ठले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *