त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा सम्पन्न

लोकेन्द्र निरासी, बुर्तिबाङ

त्रिवेणी बचत तथा ऋण सहकारी संस्थाको १६ औं वार्षिक साधारणसभा बुर्तिबाङमा सम्पन्न भएको छ । असोज १ गते संस्थाको ५ ओटा सेवा क्षेत्रबाट कार्यक्रमको एकै साथ उद्घाटन भएको थियो । उक्त ५ ओटा सेवा क्षेत्रहरुबाट छनोट भएका प्रतिनिधिहरु सहितको संस्थाको केन्द्रिय साधारण सभाको उद्घाटन सोमबार ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले उद्घाटन गर्नुभएको छ ।

प्रमुख अतिथि नेपालीले सामाजिक विकासमा सहकारीको महत्वपूर्ण भूमिका रहेको बताउनु भएको छ । उहाँले सहकारीको माध्यमबाट सामाजिक विकासका थुप्रै कार्यहरु गर्न सकिने भएकाले सहकारीहरुबीचको एकताबाट सामाजिक विकासमा जोड दिनुपर्ने बताउनु भयो । साथै नेपालीले सहकारीको विकासमा स्थानीय सरकारले सहयोग गर्ने समेत बताउनु भयो । उहाँले पश्चिम बागलुङको सहकारीको विकासमा त्रिवेणी वचत तथा ऋण सहकारी संस्थाको उल्लेखनीय भूमिका रहेको भन्दै शुभकामना दिनुभएको थियो ।

त्यसैगरी संस्थाका अध्यक्ष उत्तम बहादुर महतले सहकारीले देशको अर्थतन्त्रको विकासमा महत्वपूर्ण योगदान रहेको बताउँदै राज्यको तीनखम्बे नीति अनुसार देशमा सहकारीको विकासबाट मात्र समाज विकास सार्थक हुने बताउनु भयो । उहाँले त्रिवेणी वचत तथा ऋण सहकारी संस्था सबैको साझा घर भएको भन्दै आगामी दिनमा संस्थागत विकास र प्रभावकारितालाई अझै व्यवस्थि गर्दै सेवा प्रवाह गर्ने बताउनु भयो ।

कार्यक्रममा विशिष्ट अतिथि एवं वडिगाड गाउँपालिकाका अध्यक्ष गण्डकी थापा अधिकारी, ईलाका प्रशासन कार्यालय बुर्तिबाङका प्रमुख लोक बहादुर कुँवर, ढोरपाटन नगरपालिकाका उपप्रमुख धन बहादुर कायत, पूर्व नगर उपप्रमुख करमती पुन, न्यू मोर्डन एकेडेमीका प्रिन्सिपल दिपक कुँवर, जनता सेकेण्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल पवन भट्टराई लगायतले बोल्नु भएको थियो ।
त्यसैगरी कार्यक्रममा लेखा समितिका संयोजक नेत्रलाल उपाध्याय र प्रबन्धक अर्जुन पाध्यले संस्थागत मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा तमानखोला गाउँपालिकाका उपाध्यक्ष हिरा कुमारी छन्त्याल, नेपाल पत्रकार महास गण्डकी प्रदेश समिति सदस्य लोकेन्द्र सुनार, संस्थाका सल्लाहकार, संरक्षक, विभिन्न उपसमितिका संयोजक लगायत शेयर सदस्यहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रममा २०७८ को एसईई र कक्षा १२ को परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । पुरस्कृत हुनेहरुमा सुवास खनाल, आशिष कँडेल, करिश्मा घर्तीमगर र शर्मिला पौडेल रहेका छन् । त्यसैगरी संस्थामा उत्कृष्ट कारोबार गर्ने न्यू मोर्डन एकेडेमी, जनता सेकेन्डरी बोर्डिङ स्कुल र निसी दोभान लघु जल विद्युत आयोजनालाई समेत पुरस्कृत गरिएको थियो । कार्यक्रमको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने संस्थाका कर्मचारीहरुलाई समेत सम्मान गरिएको थियो । त्यसैगरी कार्यक्रममा प्रमुख अतिथि र विशिष्ट अतिथिहरुलाई मायाको चिनो र दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।

कार्यक्रमको बन्द सत्रमा संस्थाका सचिवको वार्षिक नीति तथा कार्यक्रम सहितको प्रतिवेदन, कोषध्यक्षको आर्थिक प्रतिवेदन र अन्य विषयगत समितिका संयोजकहरुको प्रतिवेदन प्रस्तुत र पारित गरिएको थियो । त्यसैगरी संस्थाका अध्यक्ष उत्तम बहादुर महतको पदपूर्ति सम्बन्धि विशेष प्रस्ताव समेत पारित भएको छ । जस अन्तरगत संस्थाका उपाध्यक्ष ऋतुवर्ण पौडेलको मृत्यु भई रिक्त रहेको पदमा संस्थाका सचिव हिरालाल खनाललाई पदपूर्ति गरिएको छ भने कोषध्यक्ष ज्ञानप्रसाद कँडेललाई सचिवमा र सदस्य युवराज महतलाई कोषाध्यक्षमा पदपूर्ति गरिएको छ । त्यसैगरी विभिन्न रिक्त रहेका सदस्य पदमा पूर्णपति कँडेल, हरिबहादुर कुँवर र खिमकुमारी शेरचनलाई पदपूर्ति गरिएको छ ।

त्रिवणी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उत्तम बहादुर महतको अध्यक्षता रहेको उक्त कार्यक्रममा जुनिला घर्तीको स्वागत मन्तव्य रहेको थियो भने कार्यक्रमको संचालन संस्थाका सचिव हिरालाल खनालले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *