सन् नेपाल लाइफको बीमा जागरण कार्यक्रम

लोकेन्द्र निरासी, बुर्तिबाङ

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको ५ औं स्थापना दिवसको अवसरमा मंगलबार बुर्तिबाङमा बीमा जागरण एवं प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा ढोरपाटन नगरपालिका वडा नं. १ का वडाअध्यक्ष बान बहादुर छन्त्यालको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि छन्त्यालले जीवन सुरक्षा र बचत दुबैका लागि जीवन बीमा महत्वपूर्ण हुने भन्दै सबै नागरिकमा जीवन बीमा सम्बन्धि ज्ञानको जागरण हुन जरुरी रहेको बताउनु भयो ।

उहाँले थप बोल्दै जीवन बीमाले आर्थिक समृद्धि र जोखिम बहनमा समेत सहयोग पुराउने भएकाले राज्यले समेत नागरिकहरुलाई जीवन बीमाको दायरा भित्र ल्याउने नीति लिएको बताउनु भयो । सबैले जीवन बीमाको महत्वलाई बुझेर जीवन बीमा गर्नुपर्नेमा उहाँले जोड दिनुभएको थियो ।

No description available.

त्यसैगरी कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती पौडेलले बुर्तिबाङमा कम्पनीको उपशाखा स्थापना भएदेखि अहिलेसम्म भएका कारोबार र प्रगतिको बारेमा बताउनु भएको थियो । उहाँले कम्पनीमा आवद्ध सबैको साथ सहयोगले छोटो समयमा नै कम्पनीले प्रभावकारी रुपमा कारोवार गर्न सफल भएको भन्दै सबैलाई धन्यवाद व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाका बरिष्ठ एजेन्सी म्यानेजर नवीन जी.सी.ले उपस्थित महानुभावहरुलाई स्वागत गर्दै जीवन बीमाको महत्वको बारेमा स्पष्ट पार्नुभएको थियो । उहाँले जीवन बीमाले दुर्घटनाको जोखिम बहन गर्नुका साथै व्यक्तिमा बचत गर्ने बानीको विकास हुँदा आर्थिक समृद्धिमा समेत टेवा पुग्ने बताउनु भएको थियो । उहाँले बीमा कम्पनीले राज्यलाई कर तिरेर मात्र कारोबार गर्ने हुँदा यसमा कुनै अवैध धन्दा नहुने बताउनु भयो । बिमितले पनि जीवन बीमा गर्दा विभिन्न योजना तथा पोलिसीहरु र तिनबाट पाउने सेवा सुविधाको बारेमा राम्ररी बुझेर मात्र बिमा गर्नुपर्ने बताउनु भएकाको थियो ।

कार्यक्रममा कम्पनीका सहजकर्ता किरण पौडेलले कार्यक्रमको सहजीकरण गर्नुभएको थियो । उहाँले जीवन बीमा के हो ? यो किन गर्नुपर्छ ? यसको महत्व के छ ?जीवन बीमा गर्दा ध्यान दिनुपर्ने कुराहरु, जीवन बीमाबाट हुने फाइदाहरु, अभिकर्ताले पाउने कमिसन तथा अन्य सेवा सुविधाहरु, बीमा पोलिसी र योजनाहरु आदिको बारेमा प्रशिक्षण दिनुभएको थियो । उहाँले सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले स्थापना कालदेखि अहिलेसम्म गरेका कार्यविवरण र प्रगतिको बारेमा समेत जानाकारी गराउनु भएको थियो ।

No description available.

बुर्तिबाङ स्थित निसीभुजी जनता क्याम्पसको सभाहलमा आयोजित उक्त कार्यक्रममा निसीभुजी जनता क्याम्पसका निमित्त क्याम्पस प्रमुख भूमिराज महत, नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश सदस्य लोकेन्द्र सुनार, विभिन्न वित्तीय संघसंस्थाका प्रतिनिधि, कम्पनीका एजेन्सी म्यानेजर तथा अभिकर्ताहरु, क्याम्पसका प्राध्यापक तथा विद्यार्थीहरु लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाले छोटो समयमै उत्कृष्ट कारोबार गर्न सफल भएको बताइएको थियो । साथै गत आर्थिक वर्षमा कम्पनीका देशभरका शाखाहरु मध्येबाट सर्वाेउत्कृष्ट कारोबार गर्ने शाखाको रुपमा स्थापित भई कम्पनीबाट पुरस्कृत समेत भएको थियो ।

सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी बुर्तिबाङ शाखाकी प्रमुख सरस्वती घिमिरेको अध्यक्षता रहेको उक्त कार्यक्रमको संचालन एजेन्सी म्यानेजर पूर्णपति कँडेलले गर्नुभएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *