पत्रकारलाई ज्यानमार्ने धम्कीप्रति महासंघको ध्यानाकर्षण


आदर्श अनलाइन, बागलुङ

नेपाल पत्रकार महासंघका सदस्य तथा इलाका खबरका सम्पादक सुर्य बहादुर विश्वकर्मामाथी ज्यानमार्ने धम्की आएको प्रति पत्रकार महासंघ बागलुङ शाखाको गम्भिर ध्यानाकर्षण भएको जनाएको छ ।

आज पत्रकार महासंघ बागलुङका सचिव विजय रानाद्वारा हस्ताक्षरीयत एक प्रेस विज्ञप्ती जारी गर्दै बागलुङ नगरपालिका–८ सिगानाका पत्रकार बिक र उहाँको परिवारलाई अमुक निकायबाट आएको ज्यानमार्ने धम्कीको ध्यानाकर्षण भएको जनाएको छ ।

गणेश नामक फेसबुक आईडि मार्फत पत्रकार बिक सहित परिवारलाई मार्ने धम्की आएको हो । निर्वाद रुपमा पत्रकारिता गर्ने कार्यालाई निरुत्साहित गर्नका लागि धम्की आएको भन्दै पत्रकार महासंघ बागलुङ शाखाले बिकको सुरक्षाको समेत माग गरेको छ ।

ज्यानमार्ने धम्की पश्चात प्रहरी र प्रशासनमा पटकपटक छलफल गर्दा समेत दोषी पत्ता नलाग्नु भनेको फितलो सुरक्षा व्यवस्था भएको निश्कर्ष निकाल्दै बिकको जिउधनको सुरक्षाको समेत पत्रकार महासंघले माग गरेको छ । बिकले इलाका खबर मार्फत कालीगण्डकी दोहन, कर्मचारीहरुको ढिलासुस्ती लगायतका विषयलाई गम्भिरता पूर्वक मिडियामा उठान गर्दै आउनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *