यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

आदर्श अनलाइन, काठमाडौं
नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ। अमेरिकी डलर एकको खरिद दर १२६ रुपैयाँ ७४ पैसा र बिक्री दर १२७ रुपैयाँ ७३ पैसा पुगेको छ।

यस्तै युरो एकको खरिद दर १२७ रुपैयाँ ३९ पैसा र बिक्री दर १२७ रुपैयाँ ९९ पैसा रहेको छ। बेलायती पाउण्ड एकको खरिद दर १४४ रुपैयाँ ८२ पैसा र बिक्री दर १४५ रुपैयाँ ५० पैसा रहेको छ।

कतारी रियालको मूल्य एकको खरिद दर ३४ रुपैयाँ ९४ पैसा र बिक्री दर ३५ रुपैयाँ १० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

कुन देशको मुद्राको दर कति ?

यो पनि पढ्नुहोस्