हराएको पाँच दिन पछि शाक्यको शव फेला

आदर्श अनलाइन, बागलुङ

असोज ६ गतेदेखि सम्पर्कविहीन हुनुभएका बागलुङ नगरपालिका–३ निवासी मंगलादेवी शाक्यको पाँच दिन पछि आज शव फेला परेको छ ।

घरबाट एक्कासी सम्पर्क विहिन हुनुभएको शाक्य बागलुङ नगरपालिका–१ लाम्पाटा स्थित निरयघाट जाने बाटोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङले जनाएको छ । सामान्य विरामी रहनुभएकी शाक्य ६ गते बिहान घरबाट निस्कनु भएको थियो ।

घरबाट निस्कनुभएको शाक्य घर नफर्केपछि खोजी कार्य गर्ने क्रममा रामरेखा स्थित लाम्पाटा नजिकै भिरमा फेला परेको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी तथा प्रहरी नायव उपरिक्षक गंगा थापाले जानकारी दिनुभयो ।

“बाटोभन्दा केही तल शव फेला परेको देखिएकाले उहाँ लडे जस्तो देखिन्छ, थप अनुसन्धान हुँदै छ” थापाले भन्नुभयो । शव कानूनी प्रकृया पु¥याएर परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *