गुहेली सञ्चार सहकारीको कारोबार नौ करोड बढी

आदर्श अनलाइन, बागलुङ
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका मुख्य कार्यालय रहेको गुहेली सञ्चार सहकारी संस्था लिमिटेड बागलुङले ९ करोड ९१ लाख रुपैयाँ भन्दा बढी कारोबार गरेको छ ।

सहकारीको सोमबार सम्पन्न १६ औं बार्षिक साधारणसभामा सहकारीका कोषाध्यक्ष गीता हमालले सहकारीले आर्थिक वर्ष २०७८/०७९ मा ९ करोड ९१ लाख ६३ हजार ५ सय ८३ रुपैयाँको कारोबार गरेको बताउनुभयो । उहाँले सहकारीको आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै सहकारीको शेयर पूँजी १ करोड ३ लाख ४७ हजार ४ सय रुपैयाँ रहेको बताउनुभयो ।

सहकारीको साधारणसभाको उद्घाटनपछि बोल्दै सल्लाहकार अमर बहादुर थापाले सहकारी भनेको सहकार्य रहेको बताउनुभयो । सबैको सहकार्यले मात्र सहकारी राम्रो हुने बताउँदै संचालक समितिले मात्र काम गरेर नहुने र शेयर सदस्यहरुले पनि सहकार्य गरेर सहकारीलाई अगाडी बढाउनुपर्ने बताउनुभयो ।

सल्लाहकार थापाले दुःख पर्दा ऋणको लागि साहुको घरमा हात थाप्न नपरोस् भनेर सहकारीमा सहकार्य गरेको बताउँदै त्यसको लागि मुनाफा आर्जन गर्न सवै शेयर सदस्यहरुले सहकार्य गरेर सहकारीलाई अगाडी बढाउनुपर्नेमा जोड दिनुभयो । उहाँले गुहेली सहकारीले बचत र ऋणको कारोबार गरेर शेयर सदस्यलाई आर्थिक रुपमा सहयोग गर्नुको साथै संचारमा लगानी गरेर देश, विदेश र गाउँघरका सूचना र समाचार घरघरमा पु¥याउने काम गरेको बताउनुभयो ।

साधारणसभामा काठेखोला गाउँपालिका कार्यपालिका सदस्य टिक संगम विक, सहकारीका सल्लाहकार चन्द्रमणी उपाध्याय, नेपाल पत्रकार महासंघ बागलुङका सचिव विजय राना र लहरेपिपल स्वास्थ्य चौकीका अहेश लक्ष्मण कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।

साधारणसभामा संस्थाका सचिव सुर्य बहादुर थापाले प्रगति प्रतिवेदन, कोषाध्यक्ष गीता हमाल र लेखा समिति संयोजक सीता शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । साधारणसभाले प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन र लेखा प्रतिवेदनसर्वसम्मत पास गरेको संस्थाका प्रबन्धक प्रसाद थापाले बताउनुभयो ।

साधारणसभामा कोभिड–१९ को महामारीमा अग्रपंक्तिमा रहेर कार्य गरेको भन्दै सहकारीका शेयर सदस्य लहरेपिपल स्वास्थ्य चौकीका अहेब लक्ष्मण कार्कीलाई सम्मान गरिएको थियो । यस्तै संस्थाले संचालन गरेको खबरवेडटकम अनलाईनका वेभसाइट डिजाइनर हरि कार्की, संस्थामा उत्कृष्ट कार्य गर्ने संचालक टिकाराम उपाध्याय र बाल बचतकर्ता जेनिसा गौतमलाई सम्मान गरिएको थियो ।

यस्तै सहकारीका उपाध्यक्ष टिकाराम उपाध्यायको परिवारले स्वर्गिय बावा कलाधर उपाध्याय र आमा गौरी उपाध्यायको स्मृतिमा सञ्चारको क्षेत्रमा काम गर्ने सञ्चारकर्मी र ज्येष्ठ नागरिकलाई सम्मान गर्ने उद्देश्यले सहकारीमा स्थापना गरेको ‘कलागौरी स्मृति अक्षयकोष–२०७५’बाट यस वर्ष सञ्चार क्षेत्र तर्फ पत्रकार महासंघ बागलुङका सचिव विजय राना र ज्येष्ट नागरिक तर्फ संस्थाका शेयर सदस्य चक्रपाणी जैसीलाई पुरस्कृत गरिएको छ ।

सहकारीका अध्यक्ष खिम बहादुर कार्कीको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको स्वागत उपाध्यक्ष टिकाराम उपाध्याय र संचालन सचिव सुर्य बहादुर थापाले गर्नुभएको थियो । २०६४ सालमा काठेखोला गाउँपालिका–२ भीमापोखरामा स्थापना भएको सहकारीले हाल दुई स्थानमा कार्यालय संचालन गरि सेवा प्रवाह गरिरहेको छ । सहकारीमा हाल ८ सय ६० जना शेयर सदस्य रहेको प्रबन्धक थापाले बताउनुभयो । सहकारीले मुख्य कार्यालय भीमापोखरामा मासिक कारोबार र सेवा कार्यालय बागलुङ बजारबाट दैनिक कारोबार गर्दै आएको छ ।

सहकारीले जननिगरानी साप्ताहिक पत्रिका र खबरवेडटकम अनलाईन संचालन गरिरहेको छ । संचार तथा अन्य सामाजिक एवम् बिपतको क्षेत्रमा समेत काम र सहयोग गर्दै आएको सहकारीले यस वर्षदेखि मुख्य कार्यालय भीमापोखरामा आफ्नै भवनबाट कृषि उपज संकलन केन्द्र स्थापना गर्ने र दैनिक कारोबार संचालन गर्ने तयारीमा गरेको अध्यक्ष खिम बहादुर कार्कीले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *