युवा संघ नेपाल बागलुङ नगर अध्यक्षमा अधिकारी

आदर्श अनलाइन, बागलुङ
युवा संघ नेपाल बागलुङ नगरपालिकाकोे प्रथम अधिवेशन सम्पन्न भएको छ । अधिवेशनले निकेश अधिकारीको अध्यक्षतामा ३१ सदस्यीय नगर कमिटि गठन गरिएको हो ।

कमिटीको उपाध्यक्षमा राजन कार्की र प्रेम रोका, सचिवमा बिजय सापकोटा, कोषाध्यक्षमा सुदिप खड्का, सह सचिवमा मनोज हमाल र प्रवेश पौडेल निर्वाचित हुनुभएको छ । त्यस्तै सदस्यहरुमा सुजन कार्की, विवेक सुवेदी, हरि पौडेल, दिपक किसान, समिर छन्त्याल, विपिन क्षेत्री, अशोक क्षेत्री, सविन सापकोटा, शिव परियार, रविन खडका, सन्दिप खड्का रहनुभएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला यन्चार्ज रेशम घर्ती मगरले युवाहरु विकास र समृद्धिका पक्षमा लाग्नु पर्ने बताउनुभयो । उहाँले युवाहरु संगठित भएर काम गर्दा देश विकासमा टेवा पुग्ने बताउनुभयो ।

कार्यक्रममा विशेष अतिथिहरु नेकपा एमालेका पोलिटव्यूरो सदस्य मन कुमारी केसी, नेकपा एमालेका जिल्ला अध्यक्ष हिरा बहादुर केसी, केन्द्रिय सल्लाहकार परिषद सदस्य नवाराज पौडेल, नेकपा एमालेका कार्यालय सचिव अमर थापा लगायतले सम्बोधन गर्नुभएको छ । निर्वाचित नगर कमिटिलाई राष्ट्रिय युवासंघका केन्द्रिय सदस्य तथा बागलुङ जिल्ला यन्चार्ज रेशम घर्ती मगरले सपथ गराउनुभएको थियो ।

कार्यक्रम युवा संघ नेपाल बागलुङ नगरपालिका अध्यक्ष निकेश अधिकारीको अध्यक्षता, सचिव विजय सापकोटाको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *