यसपटकको निर्वाचनबाट प्रतिगमनलाई परास्त गरौं : अध्यक्ष केसी


आदर्श अनलाइन, बगालुङ

राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसीले अहिलेको निर्वाचनमा पाँच दलीय गठबन्धलाई जिताएर प्रतिगमनलाई प्रास्त गर्नुपर्ने बताउनुभयो ।

गठबन्धका तर्फबाट बागलुङ क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभाको उम्मेदवार समेत रहनुभएका केसीले बागलुङमा आयोजना गरेको पत्रकार सम्मेलनमा केपी ओली नेतृत्वको सरकारले गरेको संविधानको उल्लङ्खन र प्रतिगमनका विरुद्धमा अहिलेको गठबन्धन बनेको बताउदै प्रतिगमनलाई यही चुनावबाट प्रास्त गर्नुपर्ने बताउनुभयो ।

“मलाई धेरैले एमसिसि र नागरिकता विधेयकको विरोध गर्ने जनमोर्चाले कांग्रेसलाई समर्थन गर्ने भन्नुहुन्छ, मेरो धाराण स्पष्ट छ यो चुनावी कार्यगत एकता हो, अहिलेको लडाई कांग्रेस संग नभएर प्रतिगमनका विरुद्धमा हो” नेता केसीले भन्नुभयो “२०५९ साल सम्म हामी कांग्रेसको खरो विरोधी थियौ अहिले उसै संग चुनावमा हिडेका छौं, एजेण्डा मिल्दा एकता हुन्छ एजेण्डा नमिल्दा विरोध गर्ने जनमोर्चाको नीति हो ।”

केसीले केपी ओली संग बाम एकता गरेर अगाडी बढ्दा संविधान बचाउन नसक्ने अवस्थामा पुगेकाले पाँच दलिय गठबन्ध जन्मेको बताउनुभयो । पत्रकार सम्मेलनमा गठबन्धबाट बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) का उम्मेदवार बनेका नेपाली कांग्रेसका नेता दिपेन्द्र थापाले समग्र बागलुङको विकासका लागि आफूले राजनीतिमा जीवन समपर्ण गरेको बताउदै आफुलाई जनताले एसपटक संसदमा पु¥याउने विश्वास व्यक्त गर्नुभयो ।

यस्तै गठबन्धबाट बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (ख) का उम्मेदवार बनेका नेपाली कांग्रेसका युवा नेता डिल्लिराम सुवेदीले युवा नेतृत्वका लागि आफूले लडेको लडाईमा साथ दिन बागलुङबासी मतदातालाई आग्रह गर्नुभयो ।

पत्रकार सम्मेलनमा तीनै जना उम्मेदवारहरुले बागलुङको शिक्षा, स्वास्थ्य, खानेपानी लगायतका पूर्वाधार र सुशासनका लागि आफूहरुलाई मतदान गर्न आग्रह गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *