एमाले बागलुङको अभियान : ‘पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मत वृद्धि पाँच मत सुरक्षा’


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङले संघीय र प्रदेशसभाको निर्वाचनमा विजय हासिल गर्नका विभिन्न अभियान सार्वजनिक गरेको छ । बुधबार नेकपा एमालेले आयोजना गरेको पत्रकार सम्मेलन मार्फत नेकपा एमालेले आफ्ना चुनावी एजेण्डा सहित विभिन्न योजना सार्वजनिक गरेको छ ।

साथै एमालेका नेता तथा कार्यकर्ताहरुलाई निर्वाचनका लागि विभिन्न जिम्मेवारी दिइएको छ । पार्टीको चौथो सचिवालय बैठकले ‘हरेक पार्टी सदस्यसँग एउटै अपेक्षा, दुई मत वृद्धि पाँच मत सुरक्षा’ अभियान सञ्चालन गर्ने निर्णय गरेको पत्रकार सम्मेलन मार्फत एमाले जिल्ला अध्यक्ष हिरा बहादुर केसीले जानकारी दिनुभयो ।


पत्रकार सम्मेलनमा एमालेका केन्द्रीय सदस्य एवं जिल्ला इन्चार्ज गोविन्दबहादुर नेपालीलाई समग्र जिल्लाको निर्वाचन परिचालन कमिटीको संयोजक तोकेको जानकारी गराइएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को संयोजकमा लिलबहादुर थापा र २ मा गोविन्दबहादुर नेपालीलाई संयोजकको जिम्मेवारी दिएको छ ।

प्रदेशसभा १ (क) मा केन्द्रीय सदस्य एवं जिल्ला सह–इन्चार्ज इन्द्रलाल सापकोटाको कमाण्डमा निर्वाचन परिचालन कमिटी गठन गरिएको छ । यस्तै (ख) मा साबित्रा रानाको संयोजकत्वमा निर्वाच्न परिचालन कमिटी गठन गरिएको छ । यस्तै प्रदेशसभा २ (क) मा बाबुराम नेपाली र (ख) मा केडी नेपालीलाई निर्वाचन हाँक्ने जिम्मा दिइएको पार्टीले सावर्जनिक गरेको अन्तरसंगठन निर्देशन ४ मा उल्लेख गरिएको छ ।

अध्यक्ष केसीले जारी गरेको अन्तरसंगठन निर्देशन ४ मा उल्लेख भए अनुसार जिल्ला पार्टी कार्यालयलाई निर्वाचन सम्पर्क कार्यालयको रूपमा पनि प्रयोग गर्ने, उम्मेदवारले भूगोल केन्द्रित अभियान चलाउनुका साथै आवश्यकता अनुसार सचिवालय पनि बनाउन सक्नेछन् । यस्तै जिल्ला मातहतका कमिटीलाई पनि कामको बाँडफाँट गरेको छ । समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारले चुनावी प्रचारप्रसारमा खटिनु पर्ने छ ।

यस्तै प्रदेश कमिटीका सदस्यहरूलाई पनि जिम्मेवारी तोकिएको छ । निर्वाचनसम्बन्धी निर्णयको कार्यान्वयन गर्न गराउन विशेष निर्देशक समिति गठन गरिएको छ । यस्तै मत सर्वेक्षण समिति, प्रतिबद्धता पत्र तयारी समिति, विशेष सूचना संकलन समिति गठन गर्ने पनि निर्णय गरेको छ ।

बागलुङको क्षेत्र नं १ बाट डा.सूर्य पाठक संघीय साँसदका लागि उम्मेद्वार हुनुहुन्छ । यस्तै १ क बाट हिरा बहादुर केसी,ख बाट नवराज पौडेल प्रदेशसभाका लागि चुनावी मैदलानमा हुनुहुुन्छ । क्षेत्र नं २ बाट मञ्जु चालिसे हुनुहुन्छ । २ क मा स्वतन्त्र उम्मेद्वार प्रकाश घर्तीलाई एमलेले समर्थन गरेको छ । ख मा लक्ष्मण पुनलाई उम्मेद्वार बनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *