बागलुङ क्षेत्र नंं २ मा एमालेकी मञ्जु चालिसेलाई राप्रपाको समर्थन

आदर्श अनलाइन, बागलुङ
आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि बागलुङको क्षेत्र नं. २ मा उमेदवार बनेका राष्ट्रिय प्रजातन्त्र पार्टीका अंचल शाहीले एमाले उमेदवारलाई समर्थन गर्नु भएको छ ।

बागलुङ क्षेत्र नं. १ मा प्रतिनिधिसभामा एमालेका उमेदवार मञ्जु शर्मा चालिसे र प्रदेशसभामा एमालेका उमेदवार लक्ष्मण पुनलाई विजयी गराउन सूर्य चिन्हमा मतदान गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता कार्यकर्ता, समर्थक, शुभेच्छुक लगायत क्षेत्र नं. २ का सम्पूर्ण मतदाताहरुलाई शाहीले आव्हान गर्नु भएको छ ।

राष्ट्रियता र स्थायित्वका लागि स्थिर राजनीतिक शक्तिको आवश्यकता छ, यो मुलुकमा स्थिरता दिन सक्ने शक्ति भनेको नेकपा एमाले भएकाले एमालेको नेतृत्वलाई स्थापित गर्न आवश्यक छ, शाहीले भन्नुभयो–‘मुलुकमा स्थिरता सहित समृद्ध मुलुक निर्माणका लागि एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच निर्वाचनमा सहकार्य गर्ने निर्णय अनुसार एमालेका उमेदवारलाई समर्थन गरेको हु ।’

राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट एमालेका उमेदवारहरु प्रतिनिधिसभामा मञ्जु शर्मा चालिसे र प्रदेशसभामा लक्ष्मण पुनलाई विजयी गराउन एमाले नेतृत्वसंग समन्वय गरेर सक्रियताका साथ लाग्ने प्रतिवद्धता शाहीले गर्नु भएको छ ।

निसीखोला गाउँपालिका वडा नं. ३ निवासी शाही राष्ट्रिय प्रजातन्त्र पार्टी गण्डकी प्रदेश समिति सदस्य तथा सास्कृतिक विभाग प्रमुखका रुपमा पार्टीमा क्रियाशिल रहनु भएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *