पर्वत समाज कतारद्वारा बिहादीका २ परिवारलाई आर्थिक सहयोग

आदर्श अनलाइन, बागलुङ
पर्वत समाज कतारले बिहादी गाउँपालिका ५ का दुई परिवारलाई करिब एकानब्बे हजार आर्थिक सहयोग गरेको छ ।

समाजले एक कार्यक्रम गरि रोजगारीको क्रममा कतारमा ज्यान गुमाएका स्वर्गीय चन्द्रकान्त भुसालको परिवार र ट्याक्टर दुर्घटनामा मृत्युु भएका मुक्ति अर्यालको परिवारलाई जनही नगद पैचालिस हजार चार सय पन्ध्र रुपैया प्रदान गरिएको हो ।

कार्यक्रममा बिहादी गाउँपालिकाका अध्यक्ष प्रविन गुरुङ, उपाध्यक्ष मिनातिवारी, वडा अध्यक्ष खिम बहादुर थापा र पर्वत समाज कतारका संरक्षक छबिलाल भट्टराई तथा पुर्व अनुसाशन बिभाग प्रमुख याम बहादुर केसी लगाएतको उपस्थिती रहेको थियो ।

स्थापना देखि नै मानवीय सेवामा सक्रिय संस्थाले कतारमा दुर्घटनामा ज्यान गुमाउनु भएका भुसाल र आफैले चलाएको ट्याक्टर दुर्घटनामा परि ज्यान गुमाएका अर्यालको बच्चा बच्चीको शिक्षामा सहयोग पुगोस भन्ने उदेश्यले आर्थिक सहयोग गरिएको संरक्षक छबिलाल भट्टराईले बताउनुभयो ।

कार्यक्रममा बिहादी गाउँपलिका अध्यक्ष प्रविन गुरुङले आफ्नो परिवार चलाउन प्रवास पुगेर पनि संस्था गठन गरि निरन्तर मानवीय सेवामा लागेकोमा पर्वत समाज कतार परिवारलाई धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

‘निस्वार्थ सेवामा हाम्रो पर्वत राम्रो पर्वत’ भन्ने मुल नारा सहित सन् २००३ मा पर्वत समाज कतार स्थापना भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *