फुलमाया माझी मृत फेला


आदर्श अनलाइन, बागलुङ

बागलुङमा एक महिला मृत फेला पर्नुभएको छ । बागलुङ नगरपालिका–१ माझिबस्ती बस्ने ४० बर्षिय फुलमायाँ माझी शनिबार साँझ माझी बस्ती नजिकै मृत अवस्थामा आफन्तले फेला पारेका थिए ।

बागलुङ पोखरा राजमार्ग अन्तरगत बागलुङ नगरपालीका–१ को गणेशघुम्ती नजिकैको भीरमा शनिबार साँझ ९ बजे उहाँलाई आफन्तले फेला पारेर धौलागिरी अस्पताल पु¥याएका थिए । अस्पतालले तुरुन्तै माझीलाई मृत घोषणा गरेको थियो ।

ज्याला मजदुरी गर्ने माझी परिवारले अवेरसम्म घर नअखाएपछि खोजी गर्दा सडकको घुम्ती नजिकै फेला पारेको र घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायव उपरीक्षक तथा सुचना अधिकारी गंगाबहादुर थापाले जानकारी दिनुभयो ।
“घटना शंकास्पद नै छ, आफै लडेर हो या कसैले नियोजिट गराएको घटना हो, दुबैपाटोबाट अध्ययन भइरहेको छ” थापाले भन्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *