जनताको घरदैलोमा एमाले उम्मेदवार पाठक


आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठक आफ्नो चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुग्न थाल्नुभएको छ ।

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर एकको निर्वाचन परिचालन कमिटिले बनाएको समय तालिका अनुसार उम्मेदवार डा. पाठक बागलुङ नगरपालिका–१४ नारायणस्थानको विभिन्न स्थानमा घरदैलो कार्यक्रम गर्दै मत माग्न थाल्नुभएको छ ।

डा. पाठकले नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम सम्पन्न गर्नुभएको नेकपा एमाले गण्डकी प्रदेश कमिटि सदस्य भरत बागलुङले जानकारी दिनुभयो ।

मतदातासंगको भेटमा डा. सुर्य पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको वलेवाको विकासमा सहयोग पु¥याउनुभएको मतदातालाई धन्यवाद दिदै बागलुङका अधुरा ठूला योजना पुरा गर्न पुन निर्वाचनमा आएको बताउनुभयो ।

“बलेवामा विमानस्थल कालोपत्रेको पहिलो एजेण्डा अघिल्लो कार्यकालमा पुरा भयो, अब करिडोर सडक कालोपत्रे संगै विमान चलाउने कुरा अहिलेको एजेण्डा हो” डा. पाठकले भन्नुभयो “खानेपानी, विद्यालय तथा स्वास्थ्यको सुधारका लागि बलेवामा धेरै काम भएकाछन् भने भैरवस्थान जाने सडक कालोपत्रेको क्रममा छ, समग्र बागलुङको बिकासका लागि मेरो उम्मेदवारी हो ।”

मतदाताले डा. पाठकलाई कालीगण्डकी करिडोर सडक कालोपत्रे गर्नका लागि पहल गर्न आग्रह गरेका थिए । घरदैलो कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य इन्द्रलाल सापकोटा, बागलुङ नगरपालिकाका निर्वतमान नगर प्रमुख जनकराज पौडेल, गण्डकी प्रदेश कमिटि सदस्य सञ्जाल शर्मा, प्रदेश कमिटि सल्लाहकार दुर्गा बहादुर खड्का, अनेरास्वयिुका नेता विज्ञान रेग्मी, नरेश शर्मा, कविराज बस्नेत र सुरेन्द्र आचार्य लगायतकाका नेताहरु सहभागी रहनुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *