मातृभूमि सहकारीको १४ औँ साधारण सभा

आदर्श अनलाइन, बागलुङ

मातृभूमि बहुउदेश्यीय सहकारी संस्था लि. बागलुङको १४ औ साधारण सभा शनिबार एक समारोहका बिच सम्पन्न भएको छ ।

साधारण सभाको उद्घाटन संस्थाका जेष्ठ शेयर सदस्य टिकाराम सापकोटाले गर्नुभएको थियो । उद्घाटन पछि बोल्दै उहाँले सामुहिक भावना अनुसार सहकारी सघंसंस्था अगाडी बढ्नुपर्ने बताउनुभयो । कोरोनाले निम्त्याएको आर्थिक मन्दीको असर सहकारीहरुमा पनि परेको चर्चा गर्दै सापकोटाले ‘ उत्पादनशिल क्षेत्रमा मात्र सहकारी सघंसंस्थाले लगानी गर्नुपर्नेमा जोड दिनुभयो ।

सो अवसरमा बोल्ने सहभागीले पछिल्लो समय सहकारीमा ऋण लिने र तिर्न बेवास्ता गर्ने क्रम बढेको भन्दै यस्ताखाले प्रवृति बिरुद्ध सबै एक हुनुपर्ने बताए । सहकारी क्षेत्रमा अवसर र चुनौती दुबै रहेको सहभागीको भनाई थियो ।

सो अवसरमा नेपाल बार एशोसिएशन बागलुङका अध्यक्ष अखिलनाथ शर्मा, मातृभुमी बहुउदेश्यीय सहकारी संस्थाका सल्लाहकार भवनराज बराल, बहुउदेश्यीय सहकारी सघंका अध्यक्ष दुर्गा कुवर र पत्रकार कोपीला कँडेल लगायतले शुभकामना मन्त्व्य ब्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा संस्थाका सचिव रामप्रसाद शर्माले प्रगति प्रतिबेदन, कोषाध्यक्ष हरिप्रसाद आचार्यले आर्थिक र लेखा समितिका संयोजक सुरेन्द्र आचार्यले प्रस्तुत गरेको लेखा समितिको प्रतिबेदन छलफल पछि पारित भएको थियो ।

साधारण सभामा जेष्ठ शेयर सदस्य महेन्द्र खड्का र माधव प्रसाद उपाध्याय लाई सम्मान पत्र सहित दोशल्ला ओडाएर सम्मान गरिएको थियो । त्यसैगरी कक्षा १२ को परिक्षामा उत्कृष्ट अंक ल्याउने शेयर सदस्य धनराज सुबेदी र सुसिला सुबेदीकी छोरी कृतिका सुबेदी र सुरेन्द्र बोहोराका छोरा अनमोल बोहोरा लाई पुरस्कृत गरिएको थियो ।

त्यसैगरी उत्कृष्ट कारोबारकर्ता, उत्कृष्ट शेयर सदस्य लगायतलाई सम्मान गरिएको संस्थाका सचिव रामप्रसाद शर्माले जानकारी दिनुभयो ।

कार्यक्रम मातृभुमी बहुउदेश्यीय सहकारी संस्था लि.का अध्यक्ष गुणराज पौड्यालको अध्यक्षता, उपाध्यक्ष केदारनाथ पौड्यालको स्वागत मन्तव्य र सचिव रामप्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *