निलगिरीको १५ औं साधारण सभा सम्पन्न

आदर्श अनलाइन, बागलुङ
बागलुङ सदरमुकाममा रहेको निलगिरी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।साधारण सभाको उद्घाटन गर्दै जैमिनी नगरपालिकाका नगर उपप्रमुख हरिहर शर्माले सहकारीको विकासले हरेक नागरिकलाई टेवापुगेको बताए । उनले शेयर सदस्यको निरन्तर चासोले नै सहकारीको विकास हुने बताए । शर्माले जिल्लामा संचालनभएका सहकारी हरेक वर्ग र समुदायस्तरमापुगेको हुँद सवै नागरिकलाई सहजभएको बताए ।

कार्यक्रममा नेपाल बचत तथा ऋण सहकारी संस्थाका केन्द्रीय सदस्य चण्डी प्रसाद शर्मा पौडेलले सहकारीले आर्थिक रुपमान्तरणको भुमिका खेलेको बताए ।

कार्यक्रममा संस्थाका सल्लाहकार तथा बागलुङ नगरपालिका–११ का वडा अध्यक्ष ज्ञानेन्द्र गौतम, सल्लाहकार दिपेन्द्र बहादुर थापा, भुमिश्वर शर्मा गौतम, बागलुङ उद्योग बाणिज्य संघका बरिष्ठ उपाध्यक्ष राजनकुमार शाक्य, रत्नेचौर महिला बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष सुनिता महत बोगटी लगायतले बोलेका थिए ।

साधारण सभाले निलगिरी सँगै बानपा १३ पैयुँपाटामा रहेको भैरव सामुदायिक सूचनातथा संस्था लिमिटेड सँग एकिकरण समेत गरेको छ ।

साधारण सभाको अवसरमा संस्थाका जेष्ठ शेयर सदस्य भुमिश्वर शर्मा, उत्कृष्ट कारोबार गर्ने शेयर सदस्यहरु, उत्कृष्ट बाल बचतकर्ता र उत्कृष्ट कार्य सम्पादन गर्ने कर्मचारीलाई पुरस्कृत तथा सम्मान गरिएको थियो ।
साधारण सभाले सचिव मिनबहादुर केसीको प्रगती प्रतिवेदन, कोषाध्यक्ष कृष्ण पौडेलले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य परशुराम सुवेदीले प्रस्तुत गरेको लेखा सुपरिवेक्षण प्रतिवेदन सर्वसम्मतपास गरेको छ ।

संस्थामाहाल ११५१ जना शेयर सदस्य रहेका छन भने ३ करोड ६२ लाख रुपैयाँ शेयर पुँजी रहेको छ । संस्थाले गत आ.व.को २०७८।०७९ मा १ अरब ४१ करोड ३ लाख ५७हजार ३६ रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ ।

कार्यक्रम संस्थाका अध्यक्ष नारायण पौडेलको अध्यक्षता भैरव सामुदायिक सूचनातथा संचार सहकारी संस्थाकाअध्यक्ष रुद्रप्रसाद शर्माको स्वागत र संस्थाका सहसचिव नारायण रिजालको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *