मत माग्न गाउँ पसे बागलुङका उम्मेदवार


–आदर्श अनलाइन, बागलुङ

प्रतिनिधि सभा र प्रदेसभाको निर्वाचनका लागि बागलुङका उम्मेदवारहरुले गाउँ केन्द्रित अभियान थालेका छन् । सत्तारुण गठबन्धन र नेकपा एमाले सहित साना दलहरुले समेत आइतबार देखि निर्वाचन प्रचार प्रसारको तालिका बनाएर घरदैलो अभियान शुरु गरेको छ ।

गठबन्धका उम्मेदवारहरुले बागलुङ नगरपालिका–१ रामरेखा र नेकपा एमालेका उम्मेदवारहरुले बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट घरदैलो अभियान थालेका हुन् ।

पाँच दलीग गठबन्धन तर्फ बागलुङ क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार नेपाली कांग्रेसका दिपेन्द्र बहादुर थापाले आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम शुरु गरेको नेपाली कांग्रेका सचिव हरिहर शर्माले जानकारी दिनुभयो ।

शर्माका अनुसार पाँच दलीय गठबन्धन निर्वाचन परिचालन तथा प्रचार प्रसार समितिले निकालेको समय तालिका अनुसार आइतबार बागलुङ नगरपालिका–१ रामरेखाबाट शुरु भएको घरदैलो, मतदाता भेटघाट नम्बर २ र ३ सम्म पुगेको छ । असोज २८ गते गठबन्धको बागलुङ बजारमा निर्वाचन परिचालन कार्यालय उद्घाटन, २९ गते बागलुङ नगरपालिका–१४ नारायणस्थानमा भेटघाट तथा कुश्मिसेरामा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) अन्र्तगतको अनुशिक्षण गरेको पाँच दलीय गठबन्धले आइतबार रामरेखाबाट घरदैलो कार्यक्रम शुरु गरेको कांग्रेसका सचिव शर्माले बताउनुभयो ।

घरदैलो तथा जनभेटघाटमा गठबन्धनबाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्यका उम्मेदवार चित्र बहादुर केसीले समग्र बागलुङको विकासका एजेण्डा राष्ट्रिय तहमा स्थापित गर्दै संविधानको रक्षाका लागि आफूलाई मतदान गर्न आग्रह गर्नुभयो । यस्तै नेपाली कांग्रेसका नेता बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क) का उम्मेदवार दिपेन्द्र थापाले विकास र सुसासनका पक्षमा आफ्ले मत मागेको बताउनुभयो ।

यस्तै नेकपा एमाले बाट बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभा सदस्य उम्मेदवार डा. सुर्य पाठकले आइतबार बागलुङ नगरपालिका–१४ नारायणस्थानबाट आफ्नो चुनावी कार्यक्रम शुरु गर्नुभएको छ । डा. पाठकले पहिलो दिन नारायणस्थानको नेपाने, कोलपाटा र नमूना गाउँमा घरदैलो कार्यक्रम गर्दै आफूलाई मत माग्नुभएको थियो । निर्वाचन परिचालन कमिटिले निर्माण गरेको कार्यतालिका अनुसार आइतबार नारायणस्थानमा घरदैलो कार्यक्रम सकेर कुश्मिसेरामा क्षेत्र नम्बर १ प्रदेशसभा (ख) अन्र्तगतको कार्यालय स्थापना गरिएको बागलुङ क्षेत्र नम्बर निर्वाचन परिचालन कमिटिका संयोजक लिला बहादुर थापाले जानकारी दिनुभयो । पाठकले सोमबार अमलाचौरमा घरदैलो कार्यक्रम गर्नुभएको थियो ।

मतदातासंगको भेटमा प्रतिनिधि सभाका उम्मेदवार डा. सुर्य पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको विकासमा सहयोग पु¥याउनुभएको मतदातालाई धन्यवाद दिदै बागलुङका अधुरा ठूला योजना पुरा गर्न पुन निर्वाचनमा आएको बताउनुभयो । यस्तै बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभा (क)मा नेकपा एमालेबाट हिरा केसी आफ्ना चुनावी एजेण्डा लिएर जनभेटघाटमा लाग्नुभएको छ ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि बागलुङमा गठबन्धन र दलका तर्फबाट चुनावी एजेण्डा र धारणा समेत सार्वजनिक गर्दै गाउँ पसेका हुन् ।

बागलुङको दुई प्रतिनिधिसभा र चार प्रदेशसभा क्षेत्रमा हुने निर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारहरु गरी ३१ जना चुनावी मैदानमा हुनुहुन्छ । बागलुङ क्षेत्र नम्बर १ को प्रतिनिधिसभा सदस्यमा राष्ट्रिय स्वतनत्र पार्टीका तर्फबाट इन्जिनियर खिमान्न्द कंडेल निर्वाचनको मैदानमा हुनुहुन्छ ।

उता बागलुङ क्षेत्र नम्बर २ प्रतिनिधिसभाको निर्वाचनका लागि नेपाल सरकारका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र नेकपा एमालेबाट मन्जु क्षत्री चुनावी मैदानमा उत्रनुभएको छ । मन्त्री पौडेल उम्मेदवारी दर्तापछि शनिबार मात्रै गृह जिल्लामा चुनावी अभियानका लागि आउनुभएको हो ।

यस्तै माओवादी केन्द्र परित्याग गरी नेकपा एमालेको सर्मथनमा प्रकाश घर्तीले बागलुङ क्षेत्र नम्बर २ प्रदेश सभा (क) र नेपाली कांग्रेसका जिल्ला सभापती जीत शेरचन बीच प्रतिस्प्रधा हुने छ । उम्मेदवारी दिनुभएको छ ।

बागलुङ क्षेत्र नम्बर २ प्रदेशसभा (ख)मा नेपाली कांग्रेसका युवा नेता द्रोण कुँवर र नेकपा एमालेका युवा नेता लक्ष्मण पुनबीच प्रतिस्प्रधा हुँदै छ । दल तथा स्वतन्त्र उम्मेदवारहरुले पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनको मुद्दा लिएर गाउँपसेका छन् ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *