एमाले उम्मेदवार पाठक र केसीको रामरेखामा घरदैलो

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेश सभा (क) उम्मेदवार हिरा बहादुर केसीले आफ्नो चुनावी एजेण्डा लिएर बागलुङ नगरपालिका–१ रामरेखामा घरदैलो सम्पन्न गर्नुभएको छ ।

नेकपा एमाले बागलुङ क्षेत्र नम्बर एकको निर्वाचन परिचालन कमिटिले बनाएको समय तालिका अनुसार उम्मेदवार डा. पाठक र केसीले बागलुङ नगरपालिका–१ रामरेखाको गंगापथ, जस्विरटोल, मिलिजुलीटोल, श्रीकृष्ण टोल, जागरुपटोल र गणेशटोल लगायतको स्थानमा घरदैलो कार्यक्रम गरिएको नेकपा एमाले बागलुङ नगरपालिका–१ वडा कमिटि अध्यक्ष सुर्य लामिछानेले जानकारी दिनुभयो ।

मतदातासंगको भेटमा डा. सुर्य पाठकले अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको समग्र विकास आफूले खेलेको भुमिका र अधुरा कामको विषयमा जनतालाई जानकारी गरानुभएको थियो ।
पाठकले बागलुङ बजारको शौन्दर्यकरण गर्दे ठूला आयोजना सञ्चालन गर्ने र राखरेखालाई पर्यटकीय नगरीका रुपमा लेजानेगरी आफूले योजना बनाएको बताउनुभयो ।

यस्तै अर्का उम्मेदवार हिरा बहादुर केसीले नेकपा एमालेले गरेका राम्रा कामलाई संस्थागत गर्नका लागि युवा उम्मेदवारलाई जिताउन आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *