बागलुङमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्पर्क कार्यालय स्थापना


आदर्श अनलाइन, बागलुङ

राष्ट्रिय स्वतन्त्र पार्टी बागलुङले आसन्न निर्वाचन परिचालनका लागि बागलुङ बजारमा सम्पर्क कार्यालय स्थापना गरेको छ । बागलुङ क्षेत्र नं. १ को निर्वाचन परिचालन तथा व्यवस्थापनका लागि कार्यालय स्थापना गरिएको हो ।

बागलुङ नगरपालिका–२ अदालतचोमा स्थापना भएको कार्यालयबाट निर्वाचन अबधिभर सर्वसाधारणका लागि आवश्यक सूचना र सन्देशका साथै निर्वाचन परिचालनका लागि सबै व्यवस्थापकीय काम गरिने बागलुङ नगर सभापति रामप्रसाद अधिकारीले बताए । बागलुङ क्षेत्र नं. १ का उमेद्वार खिमानन्द कँडेलले कार्यालय उद्घाटन गरेका थिए ।

स्वतन्त्र पार्टी जीतको नजिक पुगेको भन्दै कँडेलले न्याय चाहनेले घण्टीमा मतदान गर्ने बताए । युवा पुस्तालाई प्रोत्साहन गर्ने पार्टीले जनताका दुःखसुख बुझ्ने भन्दै उनले आँफु जनचाहना अनुसारनै उमेद्वार बनेको बताए । राष्ट्रिय स्वतन्त्र पार्टीले काठेखोला गाउँपालिकाको पालामा मंगलबारनै घरदैलो गरेको छ । देशका ठुला पार्टीबाट आजित भएका जनताले नयाँ नेतृत्व चाहेको घरदैलो अभियानमा कँडेलले बताए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *