चित्रबहादुर केसीको नेकपा मसाल विभाजित, ब्यूतियो नेकपा मशाल


आदर्श अनलाइन, बागलुङ

सत्ता गठबन्धनको एउटा साझेदार राष्ट्रिय जनमोर्चाको भूमिगतमोर्चाका रुपमा रहेको नेपाल कम्युनिष्ट पार्टी (मसाल) विभाजितभएको छ । विभाजित समुहले नेकपा मशाल नामक पार्टी ब्युताएको छ ।

मोहनविक्रम सिंहले नेतृत्व गरेको नेकपामसाल दक्षिणपन्थी संशोधनवादीभएकाले विद्रोह गरेको नवगठित नेकपामशालले जनाएको छ । पार्टीले मसालका महामन्त्री मोहन विक्रम सिंह र नेता चित्रबहादुर केसीलाई पार्टीबाट निष्कासित गरिएको जनाएको छ ।

मसालको असन्तुष्ट समुहको लुम्बिनी प्रदेशमा सम्पन्न महाधिवेशनले नेकपा मशालका रुपमा पार्टीलाई अघि बढाउने निर्णय गरेको छ । महाधिवेशनले सन्त बहादुर नेपाली महासचिव र रामबहादुर बुढा प्रवक्ता रहेको केन्द्रीय समिति निर्वाचित गरेको छ । २५ पूर्ण र १० बैकल्पिक सहित ३५ सदस्यीय केन्द्रीय समिति रहेको छ ।

आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीले भागन लिने नेकपा मशालका महासचिव नेपाली बताउनु भएको छ । नेकपा मशालको मुल संरचना भूमिगत रहने तर जिल्ला स्तरका नेता खुल्ला हुने उहाँले बताउनु भएको छ । पार्टीका पोलिटव्यूरो सस्य कृष्ण राज पौडेलले बागलुङ, अर्घाखाची, प्युठान सहित ४० भन्दा बढी जिल्लामा पार्टीको संगठन निर्माण भइसकेको जानकारी दिनु भएको छ । गत स्थानीय तह निर्वाचनमा विजयी जनप्रतिनिधिहरु समेत राष्ट्रिय जनमोर्चाका ५० प्रतिशत नेताकार्यकर्ता आफ्नो पक्षमा रहेको महासचिव नेपालीको दावी छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *