आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठकले जनताका अधुरा काम पुरा गर्न पुन निर्वाचनमा आएको बताउनुभएको छ ।
आफ्नो चुनावी एजेण्डा लिएर मत माग्नका लागि जनताको घरदैलोमा पुग्ने क्रममा डा. पाठकले बागलुङको विकास, कानून निर्माण र संसदीय अभ्यासमा आफुले गरेका कामहरु जनतामाफ छर्लङ्ग रहेको बताउनुभयो ।
बागलुङ नगरपालिका–५ तल्लीबान्द्रे, उपल्लोबान्द्रे, मालिका बागलुङ नगरपालिका–६ भान्सा, सिमा र धारापानीका विभिन्न स्थानमा घरदैलो तथा मतदाता भेटघाटका क्रममा उम्मेदवार पाठकले बागलुङको पञ्चकोटलाई पर्यटकीय गन्तव्यको सूचिमा पार्ने, बजेट निकासा गर्ने, क्षेत्रीय रिङरोड निर्माणको काम, बलेवा विमानस्थल कालोपत्रे, कालीगण्डकी बचाऔं आभियान तथा लोकमार्गमा भएको ढिलासुस्तीका विषयमा आफुले सक्दो पहल कदमी गरेको बताउनुभयो ।
“केही गरेन भन्ने जनतालाई भ्रममा पार्न नखोजे हुन्छ, प्रतिस्प्रधिसाथीहरुले भण्डाफोरका लागि संसदमा जान खोजेका होलान, म जनताको सेवामा विसुद्ध खटिएको छु, संसमा गरेका जनताको बहस तथा बागलुङबासीका पीडाका विषयमा म जानकार छु” पाँच वर्षमा केही सडक कालोपत्रे भए, ठूला आयोजना शुरु भए, केही अधुरा काम छन् अधुरा काम पुरा गर्न पुन जनतामाझ आएको छु ।”
अघिल्लो निर्वाचनमा संसदीय अभ्यास र बागलुङको समग्र विकास, धौलागिरी अस्पतालको सुधार र धौलागिरी क्याम्पसको सुधारमा खेलेको भुमिका जनताले नविर्सेको डा. पाठकको भनाई छ ।
पाठकले राजनीतिमा युवाहरुको आकर्षण बढेको भन्दै ८० काटेका नेतालाई आराम गर्न आग्रह गर्नुभयो । उहाँले गठबन्धनले युवा नेतृत्वलाई अघिसार्न नसक्नु दुखद भएको बताउदै जनताले चाहेको युवा नेतृत्वमा कुठारापात भएको भन्दै युवा नेतृत्वलाई विजयी गराउन आग्रह गर्नुभयो ।