पश्चिम नेपाल साकोस म्याग्दीको अध्यक्षमा गौतम

आदर्श अनलाइन, बागलुङ
म्याग्दीको मालिका गाउँपालिकाको केन्द्र दरवाङमा मुख्य कार्यालय रहेको पश्चिम नेपाल वचत तथा ऋण सहकारी संस्था लिमिटेडको १५ औं वार्षिक साधारणसभा बेनी नगरपालिका–४ तातोपानीमा सम्पन्न भएको छ ।

साधारण सभाले आगामी ४ वर्षका लागि भीम प्रसाद गौतम (जीवन) को अध्यक्षतामा नयाँ सञ्चालक समिति र रमेश सुवेदीको संयोजकत्वमा लेखा सुपरीवेक्षण समिति सर्वसम्मत चयन गरेको छ ।

सञ्चालक समितिको उपाध्यक्षमा हरि प्रसाद पौडेल, सचिवमा कृष्ण प्रसाद आचार्य र कोषाध्यक्षमा श्रीराम पौडेल चयन हुनु भएको छ । सञ्चालक सदस्यहरुमा गणेश गुरुङ (सुरेन), दामोदर शर्मा, प्रेमलाल पौडेल, मायादेवी शर्मा, डिल बहादुर बरुवाल, दिर्घ बहादुर खत्री, श्रीकृष्ण रिजाल, लेक बहादुर पुन रहनु भएको छ । लेखा सुपरीवेक्षण समितिका सदस्यहरुमा गोपाल रेग्मी र लोकनाथ रेग्मी चयन हुनु भएको निर्वाचन उपसमितिका संयोजक मोतिराज उपाध्यायले जानकारी दिनुभएको छ ।

साधारण सभाको उद्घाटन राष्ट्रिय सहकारी बैंकका सञ्चालक तथा गण्डकी प्रदेशका संयोजक राम बहादुर जिसीले गर्नु भएको थियो । सो अवसरमा बोल्दै जिसीले सहकारीहरुलाई सदस्यहरुको आर्थिक, सामाजिक रुपान्तरणको प्रमुख साझेदारका रुपमा विकास गर्नका लागि योजना निर्माण गरेर काम गर्नु पर्नेमा जोड दिनुभयो ।

सहकारी मार्फत सदस्यहरुको आर्थिक विकास र सामाजिक क्षेत्रमा के के प्रगति भयो, सहकारीमार्फत सदस्यहरुले आयआर्जन र वचत गर्ने बानीका विकास गर्नुका साथै व्यक्तिगत दक्षता अभिवद्धिमा के कति विकास भएको छ भन्ने विषयमा ध्यान दिनु पर्नेमा उहाँको जोड थियो ।

कार्यक्रममा नेफ्स्कुन फिल्ड कार्यालय पोखराका प्रमुख यमकला पौडेल, संस्थाका सल्लाहकारहरु मोतिराज उपाध्याय र सन्तनाथ सुवेदी, म्याग्दी उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लिलाराम गौतम, बेनी वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रमेश गिरी, नेपाल पत्रकार महासंघ म्याग्दीका उपाध्यक्ष हरिकृष्ण गौतम, गरिमा विकास बैंक दरवाङका प्रवन्धक सुरोज बराल, संस्थाका तातोपानी सेवा केन्द्रका संयोजक देव बहादुर घले, शेयर सदस्यहरुका तर्फबा लोकनाथ रेग्मीले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।

संस्थाका अध्यक्ष सुरेन्द्रराज शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत उपाध्यक्ष भिम प्रसाद गौतम र सञ्चालन सचिव हरिप्रसाद पौडेलले गर्नु भएको थियो ।

२०६४ सालमा २७ जना शेयर सदस्यले एक एक सय रुपैया जम्मा गरेर शुर गरेको संस्थामा हाल ५ हजार ३ सय १० जना शेयर सदस्य, १२ करोड ८६ लाख ७२ हजार ७ सय रुपैया शेयर रकम, ६९ करोड ४० लाख ४५ हजार ७ सय ३० रुपैया बचत, ८० करोड, ५७ लाख ७५ हजार कर्जा लगानी सहित कुल १ अर्ब १ करोड ५७ लाख ४० हजार ५ सय ४० रुपैया कुल सम्पत्ती रहेको संस्थाका मुख्य व्यवस्थापक प्रेमलाल कंडेल (सदन) ले जानकारी दिनुभयो ।

म्याग्दीको दोस्रो व्यापारीक केन्द्र दरबाङमा मुख्य कार्यालय रहेको संस्थाले ८ वटा संस्थासंग एकीकरण गरी ८ वटा सेवा केन्द्र मार्फत सदस्यहरुलाई सेवा दिदै आएको छ । संस्थाले धौलागिरी गाउँपालिकाको ताकम, मंगला गाउँपालिकाको बाबियाचौर, रघुगंगा गाउँपालिकाको भगवती, अन्नपूर्ण गाउँपालिकाको पोखरेबगर, बेनी नगरपालिकाको बेनी बजार र पर्वतको जलजला गाउँपालिकाको पर्वत बेनीमा सेवा केन्द्र सञ्चालन गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *