महाकवि देवकोटाको १ सय १४ औ जन्मजयन्ती बागलुङमा पनि मनाईयो

रोहन जि सी, बागलुङ
महाकवि लक्ष्मीप्रसाद देवकोटाको १ सय १४ औं जयन्ती प्रतियोगितात्मक कविता गोष्ठी एंवम् परिचर्चा कार्यक्रमका साथ बागलुङमा पनि मनाईएको छ ।

विद्यामन्दिर पुस्तकालय बागलुङ र देवकोटा जयन्ती संयोजन समितिको संयुक्त आयोजनामा साहित्यीक रचना वाचन तथा महाकवि देवकोटाले नेपाली साहित्यमा पुर्याएको योगदान बारे चर्चापरिचर्चाका साथ जन्मजयन्ती मनाईएको हो ।

प्रतियोगितात्मक कविता गोष्ठीमा म्याग्दीका साहित्यकार चन्द्र बहादुर लामिछाने, बागलुङका राजेशचन्द्र राजभण्डारी , रामचन्द्र शर्मा, भीमप्रसाद शर्मा ,बिन्दु सागर वझा ,सन्तु खड्का ,गोविन्द सुवेदी ,कोपिला कडेल ,दयाराम सुवेदी, कृपा पौडेल लगायतले समसामयिक बिषयमा बिषयमा प्रतियोगितात्मक कबिता बाचन गर्नुभएको थियो ।

सो प्रतियोगिता बाट धौलागिरी बहुमुखी क्याम्पसका प्राध्यापक साहित्कार रामचन्द्र शर्मा प्रथम, भिमप्रसाद शर्मा द्धितिय र कोपीला कँडेल तृतिय भएका छन् । उनिहरु लाई पुस्तकालयले प्रशंसा पत्र सहित पुरस्कृत गरेको थियो ।

कार्यक्रममा बिद्यामन्दिर पुस्तकालयका पुर्व अध्यक्ष बिन्दुसागर राजभण्डारी ,पुस्तकालयका सल्लाहकार प्रेम छोटा , बरिष्ठ अधिवक्ता काजिगाउले श्रेष्ठ र नेपाल पत्रकार महासंघका सचिव बिजय राना लगायतले नेपाली साहित्यको क्षेत्रमा महाकबि लक्ष्मीप्रसाद देवकोटाको उल्लेखनीय भुमिका रहेको बताउनुभयो ।

कार्यक्रम बारे पुस्तकालयका सल्लाहकार तथा देबकोटा जयन्ती संयोजन समितिका संयोजक काजिरोशनले प्रकाश पार्नुभएको थियो । कार्यक्रम बिद्यामन्दिर पुस्तकालयका अध्यक्ष राम थापा अविरलको अध्यक्षता, उपाध्यक्ष रामचन्द्र शर्माको स्वागत मन्तव्य र पुस्तकालयका सचिव राजन शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *