आजको मौसम : पहाडी भूभागमा आंशिक वदली रहने, केही स्थानमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं

देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । मंगलबार बिहान देशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी भूभागहरुमा मौसम सामान्यता सफा रहेको छ। दिउँसो प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा बागमती र गण्डकी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। राति प्रदेश १ र वागमती प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी भूभागहरूमा आंशिक वदली रही बाँकी प्रदेशहरूमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १ का थोरै स्थानहरू र बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *