आजको मौसम हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौँ

नेपालमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।

आज प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज प्रदेश १, बागमती र गण्डकीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि छ ।

भोलि बिहीबार पनि प्रदेश १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *