प्रदेश १ र गण्डकी प्रदेशमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ । शनिबार बिहान देशका पहाडी भू-भागहरूमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागहरूमा मौसम सामान्यतया सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसो देशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ भने, प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

राति प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने विभागले जनाएको छ ।

आइतबार पनि देशका पहाडी भू-भागहरूमा आंशिक बदली रहने महाशाखाले जानकारी दिएको छ । प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू-भागका एक/दुई स्थानमा आइतबार पनि हल्का वर्षाको सम्भावना रहेको छ ।

पश्चिमी वायुको प्रभावसँगै अहिले देशभर चिसोसमेत बढेको विभागले जनाएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *