आजको मौसम : पहाडी भागमा वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं

बिहीबार देशका केही पहाडी भेगमा हल्का वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी वायुको सामान्य प्रभाव छ। जसकारण दिउँसो प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ।

शुक्रबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षा हुनसक्ने ठानिएको छ।

राति पहाडी भूभागमा आंशिक बदली रहने देखिएको छ भने बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *