आजको मौसम : पहाडी भूभागमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
आज केही प्रदेशका पहाडी जिल्लामा वर्षाको सम्भावना छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार आज प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति पहाडी भूभागमा आंशिक बदली रहने आकलन गरिएको छ। महाशाखाका अनुसार शनिबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *