आदर्श अनलाइन, ललितपुर
राष्ट्रिय सहकारी बैंक लिमिटेडका अध्यक्ष के. बी. उप्रेती एशिया तथा प्यासिफिक क्षेत्रका कृषि सहकारीहरुको विकासका लागि संजाल (नेडाक) को प्रथम उपाध्यक्षमा पुनः निर्विरोध निर्वाचित हुनू भएको छ ।
कार्तिक–१८ गते (नोभेम्बर–४ तारिख) बैंककमा सम्पन्न साधारण सभाबाट उप्रेती तेस्रो कार्यकालको लागि निर्विरोध निर्वाचित हुनुभएको हो । राष्ट्रिय सहकारी बैंकका तर्फबाट उप्रेतीले नेडाकमा प्रतिनिधित्व गर्दै आउनु भएको छ । उप्रेतीसँगै अध्यक्षमा राष्ट्रिय सहकारी विकास निगम (ल्ऋम्ऋ) भारतका प्रबन्ध निर्देशक पंकज कुमार बंसल निर्वाचित हुनु भएको छ । बंसल सहित १९ सदस्यीय सञ्चालक समितिमा राष्ट्रिय सहकारी महासंघ लिमिटेड नेपालकी बरिष्ठ उपाध्यक्ष ओमदेवी मल्ल इस्पेशल इन्भाइटमा निर्वाचित हुनुभएको छ ।
सन् १९६३ मा स्थापना भई भारतमा सहकारी क्षेत्रको लागि विशेष रुपमा सञ्चालित नेडाकले विशेष गरी कृषि क्षेत्रमा काम गर्दै आइरहेको छ ।
एमएओ एनेक्समा सचिवालय रहेको नेडाक, ९ एसियन राष्ट्रका १६ संस्थाको संजाल बाट शुरु भएकोमा हाल २४ सदस्य संस्थाहरु यसमा आबद्ध रहेका छन् । नेपालको तर्फबाट राष्ट्रिय सहकारी बैंक, राष्ट्रिय सहकारी महासंघ, राष्ट्रिय सहकारी विकास बोर्ड र केन्द्रीय कृषि सहकारी संघ सदस्य रहेका छन् ।
नेडाकको नयाँ सञ्चालक समितिको पहिलो बैठक नेपालमा गर्ने निर्णय भएको प्रथम उपाध्यक्ष उप्रेतीले बताउनु भयो ।