देशभर आंशिक बदली रहने, तीन भेगका पहाडी क्षेत्रमा हल्का बर्षाको संभावना

आदर्श अनलाइन, काठमाडौं
हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।

सोमबार देशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। राति भने देशभर आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ। मंगलबार पनि देशको पहाडी भू-भागका एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

यो पनि पढ्नुहोस्