विद्यामन्दिर पुस्तकालय बालविकास केन्द्रको समिति पुर्नगठन, अध्यक्षमा थापा

आदर्श अनलाइन, बागलुङ
विद्यामन्दिर पुस्तकालय बालविकास केन्द्रको समिति पुर्नगठन भएको छ । पुस्तकालयमा मंगलबार आयोजित पुस्तकालयका पदाधिकारी सदस्य र अभिभावकको भेलाले पुस्तकालयका अध्यक्ष राम थापा अबिरलको अध्यक्षतामा बालविकाश केन्द्रको समिति पुर्नगठन गरेको हो ।

समितिको सचिवमा बालबिकास केन्द्रका सहजकर्ता उमा क्षेत्री सुबेदी रहनुभएको छ ।
त्यसैगरी समितिका सदस्यहरुमा रामप्रसाद शर्मा, रामचन्द्र शर्मा, राजन प्रसाद शर्मा, कोपीला कँडेल, गोबिन्द प्रसाद वझा, सुधिर श्रेष्ठ, सारदा शर्मा, गंगा आले र सम्झना सेन्चुरी रहेका छन् ।

२०६५ सालदेखी मुष्ठीदान बाट संचालन गरिएको पुस्तकालयमा हाल बिभिन्न क्षेत्रका १४ जना बालबालिका रहेका छन् । बालबिकास केन्द्र लाई थप व्यवस्थित बनाउनका लागि सरोकारवाला संगको समन्वयमा बिभिन्न कार्यक्रम संचालन गरिने पुस्तकालयका अध्यक्ष राम थापा अबिरलले बताउनुभयो ।

बालबिकास केन्द्र संचालनका लागि पुस्तकालयका संरक्षक श्याम श्रेष्ठले आफ्ना दिबंगत छोराको नाममा १ लाख रुपयाँ आर्थिक सहयोग समेत गर्नुभएको छ । कार्यक्रम पुस्तकालयका अध्यक्ष थापाको अध्यक्षता र सचिव राजन प्रसाद शर्माको संचालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *