आजको मौसम : पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

आदर्श अनलाइन, काठमाडौं
आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ। हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपात पनि हुनसक्ने ठानिएको छ।

महाशाखाका अनुसार राति प्रदेश १, बागमती र गण्डकीका पहाडी भूभागमा आंशिक बदली रहनेछ।

आइतबार प्रदेश १, गण्डकी, कर्णाली र सुदूरपश्चिमका हिमाली भूभागका एक(दुई स्थानमा हल्का हिमपातको सम्भावना छ।

हिमपातको सम्भावना रहेकोले पर्वतारोहण र पदयात्रा गर्दा विषेश सावधानी अपनाउन महाशाखाले अनुरोध गरेको छ। देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *