धम्जा र पालामा एमालेको युवा र महिला निर्वाचन परिचालन कमिटि गठन

आदर्श अनलाइन, बागलुङ
नेकपा एमाले बागलुङले शनिबार काठेखोलाको धम्जामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । एमालेले आगामी निर्वाचनलाई लक्षित गरी घरदैलो कार्यकर्ता भेटघाट र विभिन्न निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

अभियान अन्र्तगत काठेखोला–३ धम्जामा अध्यक्ष खिम बहादुर छन्त्यालको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य टिकाराम सापकोटा, हुमा कुमारी जिसी अञ्जु, राम बहादुर जिसी, सचिवालय सदस्य चित्रा छन्त्याल श्रीस, जिल्ला सचिवलालय सदस्य खुम बहादुर भण्डारी, जिल्ला सदस्य कोपिला पुन, प्रेम श्रीस लगायतले मन्तव्य व्यक्त गर्दै सुशासन समृद्धि र किासका लागि एमालेको पक्षमा मतदान गर्न आव्हान गर्नुभयो ।

सो अवसरमा धम्जामा वडा स्तरीय १ सय १ सदस्यीय युवा परिचालन कमिटि, ७५ सदस्यीय महिला परिचालन कमिटी गठन गरेको एमाले जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

पालामा पनि वडा स्तरीय युवा, महिला निर्वाचन परिचालन कमिटि गठन
नेकपा एमाले बागलुङले शनिबार काठेखोलाको पालामा चुनावी कार्यक्रम सम्पन्न गरेको छ । आगामी निर्वाचनलाई आफ्नो पक्षमा पार्ने भन्दै घरदैलो कार्यकर्ता भेटघाट र विभिन्न निर्वाचन परिचालन कमिटि गठन गरेको हो ।

अभियान अन्र्तगत काठेखोला १ पालामा अध्यक्ष भिम बहादुर खड्काको अध्यक्षतामा भएको भेलामा नेकपा एमालेका गण्डकी प्रदेश सदस्य टिकाराम सापकोटा, हुमा कुमारी जिसी अञ्जु, राम बहादुर जिसी, जिल्ला सचिवालय सदस्य चित्रा छन्त्याल श्रीस, जिल्ला सदस्य कोपिला पुन, जिल्ला सदस्य गोबिन्द बहादुर खड्का लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

सो अवसरमा वडा स्तरीय निर्वाचन परिचालन कमिटि, युवा परिचालन कमिटि, महिला परिचालन कमिटी गठन गरेको एमाले जिल्ला सचिवालय सदस्य तथा कार्यालय सचिव अमर बहादुर थापाले जानकारी दिनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *