गलकोटमा एमालेको चुनावी अभियान

आदर्श अनलाइन, बागलुङ

नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उम्मेदवारले चुनावी प्रचारलाई तीव्र्र बनाएका छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचनका लागि सबै पालिकाका गाउँ बस्तीमा पुग्ने र मतदातासँग साक्षात्कार गर्ने रणनीति सहीत उनीहरु यतिबेला जनताको घरदैलोमा पुगेका छन् ।

चुनवी अभियान कै क्रममा आज गल्कोट नगरपालिका ५ र ६ मा जभेटघाट तथा घरदैलो कार्यक्रम सम्पन्न भएको छ । सो अवसरमा बोल्दै नेकपा एमाले बागलुङ क्षेत्र नं २ का उम्मेदवार मञ्जु शर्मा चालिसेले आफुले जिते जनताको सेवक भएर काम गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

“मैले लामो समय स्वास्थ्य क्षेत्रमा रहेर जनताको सेवा गरेँ, यहाँका हरेक समस्याका बारेमा म जानकार छु, चालिसेले भन्नुभयो, अब हामी नै निति निर्माण गर्ने ठाउँमा नपुगेसम्म यहाँको जनताले र यो भुगोलले न्याय पाउन सक्दैन । त्यसैले यतिबेला पार्टी भन्दा पनि ब्यक्ति हेर्ने दिन आएको छ ।”

उहाँले मञ्जु शर्भा चालिसले जित्नु एमाले मात्र जित्नु नभइ समग्र क्षेत्र नं २ कै जित भएको दाबी समेत गर्नुभयो । यहाँका जनताले पटक–पटक डाडाँपारिका उम्मेदवार लाई भोट दिनुपर्ने, जितेर गएपछि माखो समेत नमार्ने प्रबृति हाबी भएको भन्दै अब जनताले यसै क्षेत्रका उम्मेदवारलाई चिन्ने र भोट दिने समय आएको बताउनुभयो ।

यस्तै नेकपा एमालेको समर्थनमा बागलुङ क्षेत्र नं २ ‘क’ का स्वतत्र उम्मेदवार प्रकाश घर्ति मगर र प्रदेश ‘ख’ का उम्मेदवार लक्ष्मण पुन मगर पनि चुनावी अभियान कै क्रममा आ–आफ्नो क्षेत्रमा रहेको एमाले जिल्ला सचिव बिष्णु भुसालले जानकारी दिनुभयो ।

गाउँ गाउँका समस्या बारे जानकारी लिने, एमाले सरकारले गरेका काम र आगामी दिनमा पार्टीले गर्ने काम र योजना बारे जनतालाई जानकारी दिने गरिएको भुसालले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *