मतदातालाई भेटेर फर्किएपछि नवराज पौडेलले भने, ‘एक पटक, यस पटक’

आदर्श अनलाइन, बागलुङ
बागलुङ निर्वाचन क्षेत्र नम्बर १ प्रदेश सभा (ख)का उम्मेदवार नवराज पौडेलले ‘एक पटक यस पटक’ आफुलाई मतदान गर्न आग्रह गर्नुभएको छ ।

पछिल्लो महिना दिनदेखि मतदाताको घरदैलोमा पुगेर मंसिर ४ गने हुने निर्वाचनमा आफु र आफ्नो पार्टीलाई मत मागेर फर्किएका नेकपा एमालेका उम्मेदवार पौडेलले बुधबार बागलुङ बजारमा पत्रकार सम्मेलनको आयोजना गरेर यस्तो बताउनुभएको हो ।

उहाँले बागलुङको जैमिनी र बरेङ गाउँपालिकामा बढ्दो बसाँइसराँइलाई रोक्नको योजना सहित काम गर्ने मतदाता समक्ष प्रतिवद्धता गरेर फर्किएको बताउनुभयो ।

गुणस्तरिय शिक्षा, व्यवसायीक कृषि प्रणाली, पर्यटन मार्फत आय आर्जन र पुर्वाधार निर्माणले बढ्दो बसाँइसराई रोक्न सकिने भन्दै उहाँले मतदाताको अपेक्षा र चाहाना अनुसार आफ्ना प्रतिवद्धता पुरा गर्ने बताउनुभयो ।

मतदाता भेटेर फर्किएका पौडेलले सबै मतदाताले आफ्नो मताधिकार आफै प्रयोग गर्न पाउने अधिकारबाट बञ्चीत हुनसक्ने संकेत गर्दै जिल्लाको सुरक्षा संयन्त्र र निर्वाचन कार्यलयलाई गम्भिर बन्न आग्रह गर्नुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *