राष्ट्रिय सहकारी बैंकको १९ औं वार्षिक साधारण पुस १६ मा

आदर्श अनलाइन ललितपुर ।

राष्ट्रिय सहकारी बैंक लिमिटेडको १९ औं वार्षिक साधारण सभा पुस १६ गते हुने भएको छ । शुक्रवार बसेको बैंक सञ्चालक समिति, लेखा सुपरिवेक्षण समिति, विज्ञ समूह र उप–समितिको संयुक्त बैठकले पुस १६ गते शनिवार एकाइगत रुपमा गर्ने निर्णय भएको बैंकका अध्यक्ष के.बी. उप्रेतीले बताउनु भयो ।

साधारण सभा सात वटै प्रदेशहरूमा सहकारी संघ÷संस्थाका प्रतिनिधिहरूको भौतिक उपस्थितिमा एकै दिन सम्बन्धित प्रदेशहरुमा गर्ने अध्यक्ष उप्रेतीले जानकारी दिनु भयो । गत वर्षको साधारण सभा सातै प्रदेशहरूमा फरक–फरक दिनमा गरेका थियौ, यो पटक नयाँ अभ्यासका रुपमा एकै दिन गर्न लागेकोले धेरै भन्दा धेरै प्रतिनिधिहरूको सहभागिता रहने अपेक्षा गरेका छौ अध्यक्ष उप्रेतीले भन्नुभयो ।

बिहान भर्चुअल रुपमा साधारणसभाको शुरुवात गर्ने, प्रदेश स्तरीय एकाई सभामा उपस्थित सम्बन्धित प्रदेशका प्रतिनिधिहरुले प्रस्तावहरु पारित गरेपछि निर्वाचन कार्यक्रम अगाडि बढाइने अध्यक्ष उप्रेतीले जानकारी दिनुभयो ।

प्रदेश नं. १ को बिराटनगर, मधेश प्रदेशको जनकपुर, बागमती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको बुटवल, कर्णाली प्रदेशको सुर्खेत र सुदुरपश्चिम प्रदेशको धनगढीमा साधारणसभा गरिने भएको छ ।

साधारण सभाको एकाइ बैठकका प्रतिनिधिहरूको निर्णय प्रमाणित गर्ने सभा (केन्द्रीय) पुस १८ गते काठमाडौँमा गर्ने निर्णय भएको छ ।
सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिको निर्वाचन सहितको साधारण सभामा सञ्चालक समितिको प्रतिवेदन, लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन, आर्थिक वर्ष २०७८÷०८७९ को लेखा परीक्षण प्रतिवेदन, आर्थिक वर्ष २०७९÷०८० को प्रस्तावित बजेट तथा कार्यक्रम प्रस्तुत हुने बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईले बताउनु भयो ।

उहाँका अनुसार साधारण सभामा लाभांश वितरण, विभिन्न कार्यविधिहरू संशोधन, विनियम संशोधन, कार्यसूचीमा थप भएका प्रस्ताव, आर्थिक वर्ष २०७९÷०८० को लागि लेखापरीक्षकको नियुक्ति तथा निजको पारिश्रमिक निर्धारण गर्ने, नियमनकारी निकायको निर्देशनको जानकारी र साधारण सभाको एकाइ बैठकको निर्णय प्रमाणित गर्ने प्रतिनिधि तथा साधारण सभा (केन्द्र) को निर्णय प्रमाणित गर्ने एकाइ प्रतिनिधिहरूको छनौट गर्ने लगायतका विषय रहेका छन् । साधारण सभामा २०७९ मङ्सिर ८ गते सम्म सदस्यता लिएका १५ हजार ७ सय २६ सदस्य सहकारी संघ÷संस्थाका एक एक जना प्रतिनिधिहरुले मात्र सहभागिता जनाउन पाउने छन् ।

साधारण सभामा सदस्य संघ÷संस्थाहरुको अधिकतम सहभागिताको अपेक्षा गर्दै साधारण सभामा उपस्थित प्रतिनिधिहरूले दिने सल्लाह÷सुझाव बैंकको वार्षिक गतिविधि तथा कार्यसम्पादनमा मार्ग दर्शनको रूपमा रहने भएकोले प्रदेश अन्तर्गतका एकाइ बैठकहरूमा सक्रिय उपस्थित भई सल्लाह÷सुझाव सहित साधारण सभालाई पूर्ण सफल बनाउनको लागि सम्बन्धित सहकारी संघ÷संस्था तथा सरोकारवाला निकायहरूलाई समेत बैंकले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *