मुख्य निवार्चन अधिकृतको कार्यलयद्धारा बागलुङको प्रहरी प्रशासनलाई सम्मान

रोहन जि.सी बागलुङ

मुख्य निवार्चन अधिकृतको कार्यलय बागलुङले प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उत्कृष्ट भुमिका निर्वाह गरेको भन्दै जिल्ला प्रशासन कार्यलय बागलुङ तथा जिल्ला प्रहरी कार्यालय बागलुङलाई प्रशंसा पत्र प्रदान गरेको छ ।

मुख्य निर्वाचन अधिकृत डा.दीवाकर भट्टले प्रजिअ रमेश ढकाल एंव एसपी दयानिधि ज्ञवालीलाई शुक्रबार एक कार्यक्रमका बीच प्रशंसा पत्र प्रदान गनर््भएको हो ।

कार्यक्रममा बोल्दै मुख्य निर्वाचन अधिकृत डा.भट्टले जिल्लामा प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन २०७९ लाई स्वतन्त्र, निष्पक्ष, शान्तिपूर्ण र भयरहित वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन, उत्कृष्ट व्यवस्थापन र शान्ति तथा सुरक्षा व्यवस्था कायम गर्ने कार्यमा कुशलता एवं ईमान्दारिता पूर्वक जिम्मेवारी निर्वाह गरेकोमा सम्पुर्ण प्रहरी प्रशासनलाई प्रशंसा व्यक्त गर्नुभयो ।

कार्यक्रममा निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न उत्कृष्ट भुमिका निर्वाह गरेकोमा बागलुङका विभिन्न कार्यलय तथा कार्यलय प्रमुखलाई सम्मान गरिएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *