ज्योतिपुञ्ज प्राविको शिक्षकलाई बिदाई तथा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण

आदर्श अनलाइन, बागलुङ
ज्योतिपुञ्ज प्राथमिक विद्यालय बानपा ७ बागलुङको आयोजनामा शिक्षक बिदाई तथा विद्यार्थीलाई छात्रवृत्ति वितरण कार्यक्रम आइतबार सम्पन्न भएको छ । कार्यक्रममा उद्घाटन बागलुङ नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष मेघनाथ गैरेले गर्नुभएको थियो । उद्घाटनपछि बोल्दै वडा अध्यक्ष गैरेले अबको विकास शैक्षिक गुणस्तर र शिक्षा पद्दतीमा आधुनिकता रहेको, विद्यालयले शैक्षिक क्रियाकलापसंग विद्यालय धेरै कार्यलाई जोडेर अगाडी बढ्नुपर्ने बताउनुभयो । उहाँले वडाको शैक्षिक विकासमा ज्योतिपुञ्ज प्राथमिक विद्यालय अग्रणी स्थानमा रहेको बताउनुभयो ।

कार्यक्रममा विद्यालयका पूर्व प्रअ यामनारायण आचार्य, शिक्षक पुष्पा पन्त र गिता के.सीलाई सम्मान गर्दै बिदाई गरिएको थियो । त्यस्तै विद्यालयका करिब ३० जना जेहेन्दार विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिएको थियो । कार्यक्रममा बा.न.पा ७ का वडा सदस्य दुर्गा जि.सी, लक्ष्मण स्मृति कोषका संरक्षक खिम बहादुर के.सी, पत्रकार अनिष खाती, सम्मानित व्यक्तित्व यामनारायण आचार्य, पुष्पा पन्त, गिता के.सी, शशिधर उपाध्याय, दयाराम गौतम लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक याम प्रसाद शर्माले विद्यालयको आर्थिक तथा प्रगति विवरण प्रस्तुत गर्नुभएको थियो । कार्यक्रममा विद्यार्थीहरुले विभिन्न सांस्कृतिक प्रस्तुति प्रस्तुत गरेका थिए । कार्यक्रम विद्यालयका प्रधानाध्यापक याम प्रसाद शर्माको अध्यक्षता, रामदेवी पाण्डेका स्वागत तथा शिक्षिका विजयलक्ष्मी गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *