पत्रकार महासंघ बागलुङको साधारणसभा पुस २ गते, नयाँ सदस्यता खुल्ला

आदर्श अनलाइन, बागलुङ
नेपाल पत्रकार महासंघ बागलुङ शाखाले नयाँ सदस्यताका लागि आवेदन खुल्ला गरेको छ । आइतबार बसेको जिल्ला कार्यसमितिको बैठकले सोमबारदेखि लागु हुने गरी १५ दिनका लागि नयाँ सदस्यता खुल्ला गरेको हो ।

महासंघको विधान अनुसारको योग्यता पुगेका क्रियाशील पत्रकारले नयाँ सदस्यताका लागि आवेदन दिन सक्ने कार्यबहाक अध्यक्ष नविन शिशिर बिकले बताउनुभयो । पत्रकार महासंघले तयार पारेको आवेदन फाराम भरेर आवश्यक कागजातसहित तोकिएको शुल्क तिरेर इच्छुक पत्रकारले सदस्यताका लागि आवेदन दिन सक्नेछन् ।

बैठकले पाँच दिनको अवधि राखेर नविकरण नभएका सदस्यहरुलाई नविकरणका लागि समय दिएको छ । यस अघि गत चैतमा अन्तिम पटक नविकरणको मिति तोकेको शाखाले केन्द्रीय समितिको परिपत्रका आधारमा पाँच दिनको म्याद राखेर नविकरण खुल्ला गरेको हो ।

बैठकले पुस २ गते साधारण सभा गर्ने निर्णय गरेको शाखा सचिव बिजय रानाले बताउनुभयो । नेपाल पत्रकार महासंघको केन्द्रीय साधारण सभा पुस ७ र ८ गते हुने भएकाले त्यस अघिनै जिल्ला शाखाको साधारण सभा गर्न लागिएको हो । साधारण सभाका अवसरमा पत्रकार महासंघ बागलुङमा स्थापना भएका सबै पत्रकारिता पुरस्कार वितरण गर्ने निर्णयसमेत भएको रानाले बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *