धौलागिरी अस्पतालमा पाठेघर खसेका महिलाको लागि नि:शुल्क शिविर हुने

आदर्श अनलाइन, बागलुङ
धौलागिरी अस्पताल बागलुङमा पाठेघर खसेका महिलाहरुको लागि निशुल्क अप्रेशन शिविर हुने भएको छ । धौलागिरी अस्पताल बागलुङको आयोजनामा यहि मंसिर २१ देखि २३ गतेसम्म शिविर सञ्चालन हुने धौलागिरी अस्पतालका शान्ती भण्डारीले बताईन् । ३ दिनसम्म हुने शिविरमा पाठेघर खसेका करिब ३० जना महिलाको अप्रेशन गर्ने लक्ष्य राखिएको छ ।

यहि मंसिर १६ गतेदेखि २० गतेसम्म पाठेघरको बिरामीको जाँच गरिने छ भने २१ गतेदेखि २३ गतेसम्म अप्रेशन शिविर गरिने छ । अप्रेशनको लागि गण्डकी प्रदेशबाट प्रति बिरामी १३ हजार रुपैयाँका दरले १० लाख रुपैयाँ विनियोजन गरेको छ भने धौलागिरी अस्पतालले प्रति बिरामी ७ हजार रुपैयाँ बिनियोजन गरेको छ ।

गण्डकी प्रदेश सरकारले छुट्याएको बजेटले शिविरलाई अपुग हुने भएपछि अस्पतालले बजेट थप गरेको अस्पताल विकास समितिका सदस्य लक्ष्मी जिसी कार्कीले बताईन् । बिरामीहरुलाई यातायात बापत एक हजार रुपैयाँ समेत उपलब्ध गराईने छ । निशुल्क शिविरले पाठेघर खस्ने समस्या भएका महिलाहरुको अप्रेशन गर्दा लाग्ने प्रतिव्यक्ति करिब ३० हजार रुपैयाँ भन्दा बढि बचत हुनेछ ।

पत्रकार सम्मेलन मार्फत शिविरको बारेमा जानकारी दिदै भण्डारीले शिविरले पाठेघर खस्ने समस्या भएका महिलाहरुको लागि ठूलो राहात पुग्ने बताईन् । पाठेघर खस्ने समस्या खास गरि ४०देखि ४५ बर्ष माथी उमेरका महिलामा बढि देखिेने समस्या हो । सुत्केरी अवस्था तथा गह्रौँ भारी बोक्दा पाठेघर खस्ने समस्या हुन सक्दछ ।

पाठेघर खस्दा योनी मार्गमा केही भारी चिज आएर बसेजस्तो हुने, तल्लो पेट, कम्मर र तिघ्रादेखि खुट्टासम्म दुखाई हुने गर्दछ । शिविरमा स्त्री रोग विशेषज्ञहरुको सहभागिता हुनेछ । धौलागिरी अस्पताल विकास समितिका अध्यक्ष नारायण प्रसाद शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन तेजप्रसाद शर्मा न्युरेले गरेका थिए ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *