सिगाना र तित्याङमा एमाले उम्मेदवारको धन्यवाद कार्यक्रम

–आदर्श अनलाइन, बागलुङ
नेकपा एमालेबाट प्रतिनिधि तथा प्रदेशसभाका उम्मेदवार मतदाता भेटघाटमा अहिले व्यस्त छन् ।

बागलुङ क्षेत्र नम्बर १ प्रतिनिधिसभाका उम्मेदवार डा. सुर्य पाठक र बागलुङ क्षेत्र नम्बर १ प्रदेशसभाका (क)उम्मेदवार हिरा बहादुर केसीले मतदातालाई धन्यावाद दिने कार्यक्रम काठेखोला गाउँपालिका र बागलुङ नगरपालिकामा अन्तिम चरणमा पु¥याउनुभएको छ ।

निर्वाचनमा पराजित भए लगत्तै जनताले दिएको अमुल्य मतका लागि धन्यवाद दिन गाउँ पुगेका उम्मेदवारहरुले निर्वाचन एउटा प्रकृया भएको भन्दै आफूहरु जनताको साथमा रहेको बताउनुभयो ।

मतदातालाई धन्यवाद दिनेक्रममा आज सिगाना र तित्याङमा विभिन्न स्थानमा धन्यवाद सभाको आयोजना गरेर एमालेबाट उम्मेदवार बन्नुभएका पाठक र केसीले अमूल्य मतका लागि जनतासंग आफुहरु ऋणी भएको बताउदै चुनावी परिणामका आधारमा जनतासंगको सम्बन्धमा कुनै फरक नपर्ने बताउनुभयो ।

बागलुङ नगरपालिका–८ सिगानाको लामिचौरमा आयोजना गरिएको धन्यवाद सभामा उम्मेदवार डा. पाठकले लामिचौरमा लिफ्ट आयोजना अन्तिम चरणमा पुगेको र आफ्नै पहलमा सिगानामा सडक कालोपत्रेका लागि धमाधम काम भइरहेको बताउनुभयो ।

यस्तै उम्मेदवार हिरा केसीले सिगानाको जनताले एमालेप्रति देखाएको मायालाई चुक्न नदिन आफू सधै जनताको सेवामा लागि रहने बताउनुभयो ।

यस्तै बागलुङ नगरपालिका–९ तित्याङको गैराफाट र वडा कार्यालयमा आयोजना गरेको धन्यवाद सभामा एमालेका उम्मेदवार पाठक र केसीले एमालेलाई समानुपातिक तर्फ देशकै पहिलो पार्टी बनाउने जनतालाई धन्यवाद दिदै निर्वाचनमा आफूहरु पराजित भएपनि जनताको सेवामा सर्मपित भइरहेको बताउनुभयो ।

उहाँहरुले राजनीति अविचलित रुपमा चलिरहने कार्य भएकाले मतदातालाई धैर्य रहन आग्रह गर्नुभयो । पाठक र केसीले काठेखोला गाउँपालिकाका सबै वडामा र बागलुङ नगरपालिकाको वडा नम्बर १ देखि ९ नम्बर वडा सम्म धन्यवाद कार्यक्रम सम्पन्न गरिसक्नुभएको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *