आजको मौसम: देशभर चिसो बढ्यो, तराईमा हुस्सु

आदर्श अनलाइन, काठमाडौं

हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागमा आंशिक बदली छ। केही दिनयता देशभर चिसो बढेको छ भने तराईमा हुस्सु देखिन थालेको छ ।

दिउँसो गण्डकीका पहाडी भूभाग र लुम्बिनीमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बाँकी क्षेत्रमा मौसम सामान्यतया सफा रहनेछ ।

राति बागमती र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ । बिहीबार प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।

देशभर तापक्रम क्रमिक रूपमा घट्दै गएकाले चिसोबाट बच्न महाशाखाले अनुरोध गरेको छ ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *