चुनाव हारे पनि जनताको मन जित्यौँ–बागलुङ एमाले

आदर्श आलाइन, बागलुङ

नेकपा एमाले बागलुङले चुनावमा प्राविधिक रुपले हारे पनि जनमत बढाएको जनाएको छ । बुधबार बागलुङ बजारमा पत्रकार सम्मेलन गरि अघिल्लो निर्वाचनमा भन्दा बढी मत यसपालिका पाएको जानकारी गराएको हो ।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा बागलुङ–१ का प्रत्यासी उम्मेदवार डा. सूर्य पाठकले आफूहरुको हारमा मतदाता निराश नभएको बताउनुभयो । एमालले हारे पनि जनताको मन जितेको भन्दै बागलुङमा एमाले पहिलो पार्टी भएको दाबी गर्नु भयो ।

बागलुङ– १ (१) का उम्मेदवार हिराबहादुर केसी र १ (२) का उम्मेदवार नवराज पौडेलले एमालेले चुनाव हारे पनि जनताको मन जितेको बताउनुभयो । उहाँहरुले गठबन्धनले अपेक्षा गरे अनुसार मत ल्याउन नसकेको भन्दै एमाले जनता सामु लोकप्रिय बनेको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *