देशभर चिसो बढ्यो : तराईका केही क्षेत्रमा हुस्सु

आदर्श अनलाइन, काठमाडौं
मुलुक उल्लेखनीय मौसमी प्रणाली छैन। प्रदेश १ को पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ।

दिउँसो प्रदेश १ र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

राति प्रदेश १, गण्डकी र लुम्बिनीका पहाडी भूभागमा आंशिक बदलीको प्रक्षेपण गरिएको छ।

शुक्रबार प्रदेश १, मधेश र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ। देशभर चिसो बढेसँगै तराईका केही ठाउँमा हुस्सु लाग्न थालेको छ। हिमाली क्षेत्रमा भने बाक्लो हिमपात हुन थालेको छ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *