छोरीको विवाहमा २० लाखको बीमा पोलिसी उपहार

आदर्श अनलाइन,बागलुङ

यहाँका एक दम्पत्तिले छोरीको विवाहमा बीमा पोलिसी उपहार दिएका छन् । गलकोट नगरपालिका–७ मल्मका राज र ललिता थापाले छोरी दिवानीसिँह थापालाई रु. २० लाख बराबरको बीमा खरिद गरी उपहार प्रदान गरेका हुन् ।

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीको ‘ज्योति इजी पे जीवन बीमा योजना’ पोलिसी छोरीका नाममा खरिद गरी उपहार स्वस्प दिएको ललिता थापाले बताउनुभयो । उहाँ उक्त बीमा कम्पनीको एजेन्सी म्यानेजरसमेत हुनुहुन्छ । थापाले छोरीको सुरक्षित भविष्यका लागि बीमा गरेको बताउनुभयो ।

गत शुक्रबार आयोजित विवाह समारोहमा थापा दम्पत्तिले छोरीलाई बीमा पोलिसी उपहार प्रदान गरेका थिए । कम्पनीका जिल्ला शाखा प्रमुख सञ्जय शर्माले पछिल्लो समय विवाह, जन्मदिन जस्ता शुभकार्यमा बीमा पोलिसी उपहार स्वरुप दिने चलन बढ्दै गएको बताउनुभयो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *