कटारीबाट १ सय २० किलोग्राम गाँजा बरामद

आदर्श अनलाइन, उदयपुर
जिल्ला प्रहरी कार्यालय उदयपुरले १२० किलोग्राम गाँजा बरामद गरेको छ । कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरीले ६ बोरा गाँजा बरामद गरेको हो ।

गाँजा बोकेका मान्छे भने फरार रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रवक्ता प्रहरी नायब उपरिक्षक राकेशकुमार पोदारले जानकारी दिए ।

कटारी नगरपालिका– ६ साँगुरीमा प्रहरी चौकी रिस्कुबाट खटिएको गस्ती टोलीलाई देखेपछि गाँजा ओसारपसारमा संलग्न व्यक्ति गाँजा फालेर भाग्ने क्रममा सो गाँजा बरामद भएको हो ।

यो पनि पढ्नुहोस्

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *